अफगानिस्तानमा तालिबान : पाकिस्तानदेखि अमेरिकासम्म शरणार्थीको ताँती

अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि राजधानी काबुलस्थित विमानस्थलमा देश छोड्नेको ताँती देखिएको दृश्यले विश्वको ध्यान खिच्यो।देश छोडेर भाग्नेमध्ये अफगानका राष्ट्रपति अशरफ गनी एक हुन्। उनले अहिले दुबईमा शरण लिइरहेका छन्।  तालिबानको पुन:उदय र ज्यादतीका कारण कति मानिसहरू प्रभावित छन् भन्ने एकीन तथ्यांक आइसकेको छैन।२० वर्षसम्म चलेको युद्धमा हिंसाका कारण शरणार्थी हुनेको संख्या उल्लेख्य छ। संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त (यूएनएचसीआर) का अनुसार अफगानिस्तानका २२ लाख नाग

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय मान्यतामा ठूलो बाधक अमेरिका : तालिबान सरकार

काबुल– तालिबानले अफगानिस्तानमा आफ्नो सरकारलाई अन्तर्राष्ट्रिय मान्यता पाउनमा अमेरिका सबैभन्दा ठूलो बाधक भएको बताएको छ । तालिबानका कार्यवाहक रक्षामन्त्री मुल्लाह मोहम्मद याकूब मुजाहिदले अरबी न्यूज च्यानललाई दिएको अन्तर्वार्तामा सो कुरा भनेका हुन् । उनले सरकारले मान्यता पाउनका लागि सबै शर्त पूरा गरेको बताए । उनले यति हुँदाहुँदै पनि अमेरिकाको दबाबमा अन्य देशले आफूहरुलाई चिन्न नसकेको […]

बालिकाका लागि स्कुल खुला गर्न तालिबान सरकारलाई अमेरिका र युरोपेली देशको आग्रह

अमेरिका र युरोपेली देशहरुले अफगानिस्तानमा बालिकाका लागि स्कुल खुला गर्न तालिबान सरकारलाई आग्रह गरेका छन् । तालिबानले  सत्ता कब्जा गरेपछि गएको अगस्ट महिनायता बन्द रहेका स्कुल खोल्ने निर्णय गरेको केही घण्टामा नै बुधवार फेरि बन्द गर्ने घोषणा गरेपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ। स्कुल बन्द गर्ने निर्णयको निन्दा गर्दै अमेरिका र युरोपेली देशले बालिकाको पढ्न पाउने अधिकारको संरक्षण गर्न र भविष्य अन्धकारमा जानबाट रोक्न आग्रह गरेका समाचार संस्था एएफपीले जनाएको छ । तालिबानको शक्ति केन्द्र मानिएको कान्दाहारमा बा...

प्रतिबन्ध लगाएर दबाब नदिन अमेरिका र युरोपेली देशलाई तालिबान सरकारको चेतावनी

काठमाण्डाै – अफगानिस्तानको नयाँ तालिबान सरकारले प्रतिबन्धको माध्यमबाट दबाब नदिन अमेरिका र युरोपेली देशलाई चेतावनी दिएको छ ।  कतारको दोहामा अमेरिका र युरोपेली देशका राजदूतहरूसँग अफगानिस्तानका कार्यवाहक विदेश मन्त्री अमीर खान मुत्ताकीले तालिबान सरकारलाई कमजोर पार्नु कसैको हितमा नरहेको भन्दै अफगानिस्तानमा दिइने दबाबले  विश्वका कैयौँ देशलाई प्रत्यक्ष असर पार्ने चेतावनी दिनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।  विभिन्न बहानामा अफगानिस्तानलाई दिइने दबाबले सुरक्षालाई कमजोर बनाउने र शरर्णाथीको अ...

विदेशी सेना नहटेसम्म सरकार बनाउँदैनौँ : तालिबान

संयुक्त राज्य अमेरिकाले सेनाको निकास पूरा नगरेसम्म तालिबानले आफ्नो सरकारको संरचना घोषणा नगर्ने तालिबान समूहले बताएको छ।तालिबान एक नेताले भने, ‘अफगानिस्तानमा एक जना पनि अमेरिकी सैनिक उपस्थित भएसम्म सरकार र मन्त्री परिषद्को गठनको घोषणा नगर्ने निर्णय भएको छ।’यो भनाइलाई पुष्टि गर्न सोधिएको प्रश्नमा अर्का एक नेताले पनि सोही कुरा बताए। काबुल विमानस्थल अस्तव्यस्त रहँदा संयुक्त राज्य अमेरिका र यसका सहयोगी राष्ट्रहरूले आगामी हप्ताभन्दा बढी अफगानिस्तानमा आफ्नो उपस्थिति विस्तार ग

काबुल विमानस्थलमा अस्तव्यस्तता हुनुमा अमेरिका दोषी : तालिबान

काबुल विमानस्थलमा अस्तव्यस्तता हुनुमा अमेरिका दोषी रहेको तालिबानले आइतवार बताएका छन् ।  अमेरिकाले सुरक्षा जोखिम बढेको चेतावनी दिएको छ र युरोपेली संघले सबैलाई बाहिर निकाल्न सम्भव नभएको स्वीकार गरेको छ । तालिबानले पहिलेको भन्दा नरम शासन चलाउने बताएको छ ।  तैपनि डराएका अफगानहरू भाग्न कोशिश गरिरहेका छन् । यसले गर्दा काबुल विमानस्थलमा त्रासदी झन् झन् गहिरिएको छ । अमेरिका र उसका साझेदारले अफगानिस्तानबाट सुरक्षित बाहिर निस्कन चाहनेहरूको विशाल संख्यालाई व्यवस्थापन गर्न सकिरहेका छैनन् ।  ‘त्यत्रो श...

दूतावास र कूटनीतिज्ञलाई निशाना बनाउँदैनौं : तालिबान प्रवक्ता शाहिन

एजेन्सी।तालिबान समूहका प्रवक्ता मोहम्मद सुहेल शाहिनले अफगानिस्तानमा रहेका विभिन्न देशका कूटनीतिक नियोग र त्यहाँ कार्यरत कूटनीतिक कर्मचारीलाई आफूहरुले निशाना नबनाउने स्पष्ट पारेका छन्।पत्रकार सम्मेलनमा बोल्दै उनले लडाकूहरुलाई यस्तो निर्देशन दिइसकेको बताए।अमेरिका,बेलायतलगायत विभिन्न देशले काबुलमा रहेको आफ्ना दूतावास बन्द गर्ने घोषणा गरिरहेका बेला तालिबान प्रवक्ताबाट यस्तो आश्वासन आएको हो। “दूतावास र कूटनीतिज्ञलाई कुनै खतरा हुनेछैन, यो हाम्रो प्रतिबद्धता हो”,शाहिनले भने।

चार दिनमा ९५० तालिबान मारिएको अफगान सेनाको दाबी

काठमाडौं। पछिल्लो चार दिनमा भएको संघर्षमा ९ सय ५० जना तालिबान मारिएको दाबी अफगानिस्तानको सुरक्षा फौजले गरेको छ। सुरक्षा कारबाहीमा ५ सयभन्दा तालिबान लडाकु घाइते भएको जनाइएको छ। सुरक्षाकर्मीहरू र तालिबान लडाकुहरू बीच देशका २० भन्दा बढी प्रान्त र सहरमा भिडन्त तथा हिंसात्मक घटना भइरहेको छ। अमेरिका र नेटो सेनाले अफगानिस्तान छोड्न थालेपछि त्यहाँ तालिबान र सरकारी फौजबीच संघर्ष चर्केको