काठमाण्डौ – नेपाल संवत्को अवसरमा ललितपुरको गोदावरी नगरपालिकामा बुधवार साइक्लोथन अर्थात् साइकल यात्रा भइरहेको छ ।
बिहान साढे ७ बजेदेखि सुरु साइकल यात्रा गोदावरी नगरपालिका, गोदावरी उद्योग वाणिज्य संघ, पर्यटन बोर्ड लगायत संघ–संस्थाको सहकार्यमा भइरहेको हो ।
गोदावरी नगरपालिकाको कार्यालयबाट सुरु भएको साइकल यात्रा ५० किलोमिटर लामो हुने गोदावरी उद्योग वाणिज्य संघका अध्यक्ष जगन्नाथ महर्जनले बताउनुभयो ।
नगरपालिका भित्र रहेका पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले साइकल यात्रा सुरु गरिएको उहाँले बता...