गोदावरी (कैलाली), १४ चैत । सुदूरपश्चिम प्रदेशको धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यका रूपमा परिचित खप्तडमा साइकल यात्रा गरिने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका अनुसार खप्तड क्षेत्रको पर्यटन प्रवद्र्धन तथा प्रचारप्रसारका लागि साइकल यात्रा गरिने भएको भएको हो । खप्तड क्षेत्रमा साइकल यात्राका लागि […]
पश्चिम नेपाल कञ्चनपुरको गड्डाचौकीदेखि तीन दलित समुदायका महिलाले महाकाली–मेची साइकल यात्रा सुरु गरेका छन्। बुधबार बिहान एक कार्यक्रमका बीच भीमदत्त नगरपालिका– ११ गड्डाचौकीदेखि तीन दलित समुदायका महिलाले साइकल यात्रा सुरु...
काठमाडौं । रुपन्देहीबाट गौतमबुद्धको शान्ति सन्देशसहित तीन दिने लुम्बिनीदेखि भारतको कुशीनगरसम्मको साइकल यात्रा सुरू गरेको छ । बौद्ध परिपथ साइकल यात्रा संयोजन समितिको आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीबाट शुक्रबारदेखि साइकल यात्रा सुरू गरेको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय अवधेश कुमार त्रिपाठी र कोषाध्यक्ष सिद्धिचरण भट्टराईले शुक्रबार साईकलयात्राको शुभारम्भ गर्नु भएको हो । कोषका […]
काठमाण्डौ – नेपाल संवत्को अवसरमा ललितपुरको गोदावरी नगरपालिकामा बुधवार साइक्लोथन अर्थात् साइकल यात्रा भइरहेको छ ।
बिहान साढे ७ बजेदेखि सुरु साइकल यात्रा गोदावरी नगरपालिका, गोदावरी उद्योग वाणिज्य संघ, पर्यटन बोर्ड लगायत संघ–संस्थाको सहकार्यमा भइरहेको हो ।
गोदावरी नगरपालिकाको कार्यालयबाट सुरु भएको साइकल यात्रा ५० किलोमिटर लामो हुने गोदावरी उद्योग वाणिज्य संघका अध्यक्ष जगन्नाथ महर्जनले बताउनुभयो ।
नगरपालिका भित्र रहेका पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले साइकल यात्रा सुरु गरिएको उहाँले बता...
गलकोट– पोखरालाई बागलुङको ढोरपाटनसँग जोड्नका लागि पर्यटन अभियन्ता तथा सगरमाथा आरोही कृष्ण केसीले छ दिने साइकल यात्रा थालेका छन् । पर्यटन प्रवर्द्धन गर्दै पोखराका पर्यटनलाई ढोरपाटन ल्याउनका लागि उनले बिहीबार पोखराबाट साइकल यात्रा थालेका हुन् । विभिन्न समयमा पर्यटन प्रर्वद्धनात्मक अभियान चलाउँदै आएका कृष्ण केसी गृह जिल्ला बागलुङको प्रर्वद्धनका लागि साइकल यात्रा गरेको बताए । […]
९ फागुन, कास्की । बेलायती राजदूत निकोला पोलिटले पोखरा–३१ स्थित वेगनास फेरोमा साइकल यात्रा गरेकी छिन् । साइकल सिटी पोखराको समन्वय र सुदृढ परियोजनाको आयोजनामा उनले सोमबार बिहान वेगनास फेरोको करिब १० किलोमिटर साइकल यात्रा गरेकी हुन् । पोखरा महानगरपालिकाको कार्बन न्युटल डेभलपमेन्ट पथ कार्यक्रममा सहभागी हुन पोखरा आएका उनले कार्यक्रममा सहभागी हुनुपूर्व वेगनास फेरोमा […]
३ पुस, धनगढी । शनिबारदेखि कैलालीको धनगढीमा सुदूरपश्चिम पर्यटन साइकल यात्रा शुरु भएको छ । सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मातहतको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइले गरेको साइकल यात्रा मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे । साइकल यात्रामा सुदूरपश्चिम, काठमाडौं र भारतका साइकल यात्रीहरुको सहभागिता रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइले जनाएको […]
सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘सुदूरपश्चिम पर्यटन साइकल यात्रा’ हुने भएको छ ।प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना र फारवेष्टर्न राइडरको सहकार्यनामा पुस ३, ४ र ५ गते सो साइकल यात्रा हुने भएको हो । सुदूरपश्चिमको नेचर, कल्चर र एड्भेन्चरलाई प्रोमोट गर्न आयोजना गरिने यात्राको तयारी मन्त्रालयअन्तर्गतको पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईले […]
२४ मंसिर, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले निजी क्षेत्रसँगको समन्वयमा पर्यटन प्रवद्र्धनका लागि साइकल यात्रा गर्ने भएको छ । ‘सुदूरपश्चिम साइकल यात्रा २०७८’ नाम दिएर प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइको आयोजनामा अगामी पुष पहिलो साता साइकल यात्रा हुने भएको हो । पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईले […]