काठमाडौं : सरकारले सरकारी कर्मचारीलाई भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा दिने घोषणा गरेकाे छ।
सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्। सरकारी कर्मचारीलाई भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा दिने अर्थमन्त्री पौडेलले जानकारी दिए।