१० दिने भ्रमण बिदा कार्यान्वयनमा ल्याउन माग

होटल तथा पर्यटन व्यवसायीहरुले कर्मचारीहरुलाई प्रदान गरिने भनिएको १० दिने काज भ्रमण बिदा यथाशीघ्र कार्यान्वयनमा ल्याउन सरकारसँग माग गरेका छन् । आइतबार विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै होटल संघ नेपाल (हान) ले यस्तो आग्रह गरेको हो । संघमा आवद्ध पर्यटन व्यवसायीहरुले कोभिड–१९ ले थलिएको पर्यटन उत्थानका लागि पनि १० दिने काज भ्रमण अपरिहार्य भएको बताउँदै कार्यान्वयनमा पहल गर्न सरकारसँग आग्रह गरेको हो । सरकारद्धारा घोषित १० दिने भ्रमण काजसँगै अन