नवलपरासीमा बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु

नवलपरासी बर्दघाट सुस्ता पूर्वको देवचुली नगरपालिका–१५ धौलागिरी चोकमा बुधबार बिहान बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुनेमा बसमा सवार रुपन्देही खैरेनी सूर्यपुरा गाँउपालिका–३ की ३७ वर्षीया मायादेवी पाण्डे रहेकी छन् ।  गम्भीर घाइते भएकी पाण्डेको उपचारको क्रममा भरतपुर स्थित कलेज अफ मेडिकल साईन्स अस्पतालमा बुधबार बिहान साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका बसमै सवार मायादेवीका श्रीमान् ४२ वर्षीय मणिराम पाण्ड

सम्बन्धित सामग्री

बुटवलबाट बाग्लुङ जाँदै गरेको बस पाल्पामा दुर्घटना, एक महिलाको मृत्यु

काठमाडौं । बुटवलबाट बाग्लुङतर्फ जाँदै गरेको यात्रुबाहक बस आइतबार बिहान पाल्पामा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । लु १ ख ५९५६ बस पाल्पाको जोरधारामा भएको दुर्घटनामा १८ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । अधिकांश घाइतेहरूको अवस्था गम्भीर रहेको पाल्पा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडकबाट निकै तल खसेको बस खोंचमा अड्किएको […]

अर्घाखाँचीमा बसले किचेर महिलाको मृत्यु

अर्घाखाँची : जिल्लाको शीतगंगा नगरपालिका १४ सुखौरा हडाहामा बसले किचेर एक महिलाको मृत्यु भएको छ। मंगलबार साँझ कपिलवस्तुबाट अर्घाखाँची सिमलपानी छेडा जाँदै गरेको  लु १ ख ८७५८ नम्बरको बसको पछिल्लो टायरले किच्दा ७६ वर्षीया इन्द्रकला भट्टराईको ज्यान गएको प्रहरीले जनाएको छ।बस चढेर घर आइपुगेपछि झर्ने क्रममा बस गुड्दा बसको पछाडिको टायरले भट्टराईलाई किचेर घाइते भएकी महिलाको उपचारका क्रममा कपिलवस्तुको सामुदायिक अस्पताल पिपरामा मृत्यु भएको हो। पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल तौलिहवा‚ कपि

बस र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा आमाको मृत्यु, छोरा गम्भीर घाइते

बाराको पथलैयामा भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । बस र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।  मृत्यु हुनेमा होमाकुमारी मगर छिन् । मोटरसाइकल चलाइरहेका उनका छोरा पुजन...

बारामा बस दुर्घटना, १४ जनाको मृत्यु

काठमाडौं : बारामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। आज बिहान बाराको अमलेखगञ्जको ३ नम्बर पुल नजिकै बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। ९ जना पुरुष र ५ जना महिलाको मृत्यु भएको बारा जिल्लाका प्रहरी प्रमुख एसपी होबेन्द्र बोगटीले जानकारी दिए। '१४ जनाको मृत्यु…

सप्तरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ घाइते

काठमाडौं । सप्तरीमा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । बिहीबार भएको दुर्घटनामा एक अन्दाजी ५५ वर्षीया एक महिलाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । हनुमाननगर कंकालिनी नगरपालिका–१ पूर्व–पश्चिम लोकमार्गस्थित कोशी ब्यारेज र कंकालिनी मन्दिरबीचको स्थानमा ना.५ख १८९८ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार महिलाको मृत्यु भएको सशस्त्र […]

कोशी ब्यारेजमा बस पल्टिदा एक महिलाको मृत्यु, ११ जना घाइते

काठमाडौं, ९ असार । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ मा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कंकालिनीमा बस पल्टिदा ११ यात्रु घाइते भएको प्रहरीले जनाएको छ। ना. ५ ख १८९८ नम्बरको बस विराटनगरबाट कटारी जाने क्रममा कोशी ब्यारेज र कंकालिनी मन्दिरको बीचमा पल्टेको हो । मृत्यु भएकी महिलाको पहिचान हालसम्म खुलेको […]

बसको ठक्करबाट साइकलयात्री  महिलाको मृत्यु

कञ्चनपुर :  वेदकोट नगरपालिका–७ सुडामा बसले साइकललाई ठक्कर दिँदा ३० वर्षीया महिलाको मृत्यु भएको छ। बुधबार बिहान महेन्द्रनगरबाट बर्दिया तर्फ जाँदै गरेको ना ४ ख ८०७७ नम्बरको यात्रुवाहक बसको ठक्करबाट साइकलमा सवार शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ बस्ने ३० वर्षीया विमला देवी जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ। बसको ठक्करबाट गम्भीर घाइते भएपछि जोशीलाई महाकाली अस्पताल लगिए पनि त्यहाँ पुर्‍याउँदा मृत्यु भइसकेको थियो। बस र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चन

पाँचथरमा बस दुर्घटना, २ जनाको मृत्यु ६२ घाइते

उपचारका लागि समर्पित अस्पताल पुर्‍याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो। उनीहरुको सनाखत भने भएको छैन।

धादिङमा बस र मोटरसाइकल ठोक्किँदा महिलाको मृत्यु

धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ ससाह भदुवारमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।...

बसको ठक्करबाट एक महिलाको मृत्यु

धनुषा : जनकपुरमा सोमबार बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार जनकपुरमा मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने ६८ वर्षीया बेच्नीदेवी मण्डल छन्।मण्डललाई बाटो काट्ने क्रममा जनकपुरधामबाट राजविराज जाँदै गरेको ना ४ ख ८०६१ नम्बरको बसले रामानन्दचोक नजिक ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो। बस र चालक प्रहरीको नियन्त्रणमा रहेको र मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ।