हेटौंडाको चुरियामाईमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पुर्व–पश्चिम सडक खण्डमा अन्तर्गत पर्ने हेटौडा उपमहानगरपालिका वडा नम्बर–१५ चुरियामाईमा बस अनियन्त्रित भई पल्टिदा २ जनाको मृत्यु भएको हो भने अन्य ३७ जना घाइते भएका छन् ।काठमाडौंबाट यात्रु बोकेर दमकतर्फ जाँदै गरेको ना.७ ख २०३२ नम्बरको बस गएराति साँढे १२ बजेको समयमा आफै अनियन्त्रित भई नालीमा खसेको थियो । मृत्यु हुनेमा मोरङ बेलबारी–८ बस्ने बर्ष ५१ की कल्पना राजवंशी र झापा दमक–५ मोडेल क्याम्पस नजिक बस्ने बर्ष
१७ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका- १५ चुरीयामाइ मन्दिर नजिक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। ३६ जना घाइते भएका छन् । काठमाडौंबाट झापाको दमक जाँदै गरेको ना७ ख २०३२ नम्बरको रात्रि बस आइतबार राति पूर्व-पश्चिमराजमार्ग अन्तर्गत चुरीयामाई मन्दिर नजिकआँफै नालीमा खसेको छ । दुर्घटनामा बसमा सवार झापाको दमक -५ का ६० […]
पाल्पा : रैनादेवी छहरा गाउँपालिका-६ बल्ढेङगढीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। बस दुर्घटनामा एक बालकसहित २ जनाको मृत्यु भएको बुझिएको छ।जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार शुक्रबार दिउँसो पानीडाँडाबाट जुठातर्फ जाँदै गरेको लु १ ब ४९०२ नम्बरको बस दुर्घटनामा परेको हो। विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो। मृत्यु हुनेमा बसका मालिक अन्दाजी ४० वर्षीय विजय सारूको सनाखत भएको छ र अर्का बालकको पनि मृत्यु भएको बुझिएको छ। यद्यपि पुष्टि भइसकेको छैन।घ
जुम्लाको सिँजा गाउँपालि–१ स्थित जाँचमा बस दुर्घटना भएको छ । दुर्घटनामा २ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । गोठिज्युलाबाट सुर्खेततिर जाँदै गरेको ना.६ ख ४४३८ नम्बरको बसमा सवार कालिकोट घर भएका ३२ वर्षीय विशाल बम र गाडी चालक दैलेख घर भएका ३२ वर्षीय नविन रावलको मृत्यु भएको छ ।दुर्घटनामा परेर जुम्लाको कनकासुन्दरी गाउँपालिका घर भएका वीरबल घर्ती र ४० वर्षीया उब्जी सार्की गम्भिर घाइते भएका छन् । गाडी सडकबाट १०० मिटर तल खसेको छ । घाइतेहरूलाई उपचारका लागी कर्णा
धनगढी : अछाममा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।जिल्ला सदरमुकाम मंगलसेनबाट धनगढीका लागि छुटेको ना ६ ख ८२९ नम्बरको बस कैलाशखोलानजिकै डाँडाबाघ भन्ने ठाउँमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।मृत्यु हुनेमा अछामको मंगलसेन नगरपालिका–१४ का ५७ वर्षीय टंकबहादुर भण्डारी र मंगलसैन नगरपालिका–१ का २१ वर्षीय एकेन्द्र थापा रहेको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताए।बस सडकभन्दा १० मिटर तल खसेको थियो। बसमा
अछाममा मंगलवार यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा २ जनाको मृत्यु भएको छ ।
मंगलशेन नगरपालिकाबाट धनगढी जाँदै गरेको ना ६ ख ८२९ बस मंगलशेन–४ मा अपरान्ह ४ बजेतिर दुर्घटना भएको अछाम प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गंगादत्त बडूले जानकारी दिए ।
उनका अनुसार बसमा ३८ जना सवार थिए । २९ जना घाइते भएको बताइएको छ । ‘बसभित्र थप यात्रु हुन सक्ने भएकाले बस पल्टाएर खोजी भइरहेको छ,’ उनले भने, ‘बस सडकबाट २० मिटर तल खसेको छ ।’
बसका चालक र सहचालक फरार छन् । दुर्घटनाको कारण भने पत्त...
पूर्वी पहाडी जिल्ला पाँचथरमा आज अपरान्ह यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा परी पाँच दर्जन यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक धनबहादुर थापाको अनुसार पाँचथरको सविाखोलाबाट फिदिम आउँदै गरेको को १ ख ३८६५ नम्बर को बस सरखण्डेमा दुर्घटना भएको हो । डिएसपी थापाले मृतकको पहिचान हुन नसकेको बताए । घटनामा ६३ जना घाइते भएका र उनीहरुमध्ये १९ जनाको अवस्था गम्भिर रहेको छ । गम्भिर घाइते भएका मध्ये चारजनालाई थप उपचारका लागि झापा पठाइएको
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–३ ठोकर्पा स्थित छापागाउँमा बस दुर्घटना भएको छ । बा.३ ख. ८०३० नम्बरको बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । मृतकको सनाखत भैसकेको छैन् । लिसंखु–ठोकर्पा हुँदै काठमाडौं आउँदै गरेको बसमा सवार ३४ जना मध्ये ३२ जना घाइते भएका छन् । घाइते भएका २० जनालाई उपचारका लागी धुलिखेल अस्पतालमा पठाइएको छ । १२ जनाको स्थानिय सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको छ ।
सिन्धुपाल्चोकमा आज यात्रुवाहक बस दुर्घटना भएको छ ।
दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।
मृत्यु हुने दुवै पुरुष रहेको र उनीहरूको पहिचान नखुलेको ठोकर्पा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मानबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार घाइतेमध्ये तीन जना गम्भीर घाइते छन् । घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको उनले बताए ।
वाफलबाट काठमाडौंका लागि छुटेको बा ३ ख ८०३० नम्बरको बस सुनकोशी गाउँपालिकाको छापको घुम्तीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
...
दाङ । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरदेखि भालुवाङ तर्फ जाँदै गरेको लु १ ख ९८६३ नं को बस लमही–घोराही सडक खण्डको मुसोट नजिकै आज साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए ।मृतकको सनाखत हुन सकेको छैन् । सो दुर्घटनामा दुई दर्जन बढी यात्रु घाइते भएकामा ६ गम्भीर घाइते रहेको उपरीक्षक चन्दले बताए । घाइतेका लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको जनाइएको छ ।