अर्घाखाँची : जिल्लाको शीतगंगा नगरपालिका १४ सुखौरा हडाहामा बसले किचेर एक महिलाको मृत्यु भएको छ। मंगलबार साँझ कपिलवस्तुबाट अर्घाखाँची सिमलपानी छेडा जाँदै गरेको लु १ ख ८७५८ नम्बरको बसको पछिल्लो टायरले किच्दा ७६ वर्षीया इन्द्रकला भट्टराईको ज्यान गएको प्रहरीले जनाएको छ।बस चढेर घर आइपुगेपछि झर्ने क्रममा बस गुड्दा बसको पछाडिको टायरले भट्टराईलाई किचेर घाइते भएकी महिलाको उपचारका क्रममा कपिलवस्तुको सामुदायिक अस्पताल पिपरामा मृत्यु भएको हो। पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल तौलिहवा‚ कपि