काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीसँग भेट नहुनुकाे कारण पत्ता नलागेकाे बताउनुभएकाे छ । तीन दिने भारत भ्रमण गरेर नेपाल फर्किएपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री मोदीसँगको भेट अन्तिम समयमा आएर नभएको भन्दै त्यसको कारण पत्ता नलागेको प्रतिक्रिया दिनुभएकाे हाे । मोदीको कार्य व्यस्तता एवम् आफूसँग गर्नुपर्ने कुरा भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग भइसकेक...