वैदेशिक राेजगारीबाट फर्केर स्वदेशमै उद्यम, मनग्य आम्दानी

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ३१ वर्षीय सागर क्षेत्रीले आठ वर्ष अगाडि स्नातक तह अध्ययन गर्दैगर्दा स्वदेशमै रोजगारी खोज्नुभयो । तर केही पाउनु भएन । आफ्नै काम गर्न उहाँसँग लगानी पनि थिएन । त्यसपछि निराश बन्दै क्षेत्री कामको खोजीमा वैदेशिक रोजगारीमा युनाइटेड अरब इमिरेटस् (यूएई) हान्न...

सम्बन्धित सामग्री

केरा खेतीबाट मनग्य आम्दानी

तीन वर्ष मलेसियामा वैदेशिक रोजगारीमा गएका राना घर फर्केर आधुनिक तरिकाले व्यावसायिकरुपमा केरा खेती गर्न थालेका हुन् । पाँच वर्षदेखि उहाँले केरा खेती गर्दै आएका छन् । उहाँले वार्षिकरुपमा रु २५ लाखदेखि रु ३० लाखसम्मको केरा बिक्री गर्दै आएका छन् ।

वैदेशिक राेजगारीबाट फर्केर कृषि व्यवसायमा जुट्दै भोजपुरका युवा

भाेजपुर – भोजपुरमा विदेशबाट फर्केका युवा व्यावसायिक कृषि तथा पशुपालनमा जुटेका छन् । लामो समयसम्म विदेशमा पसिना बगाए पनि राम्रो आम्दानी गर्न नसकेपछि उनीहरु यही नै कृषिमा जुटेका हुन् । वैदेशिक राेजगारीबाट फर्केर व्यावसायिक बाख्रापालनमा लाग्नुभएका टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका गुणराज राउतले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । विभिन्न देशमा गरी १५ वर्ष बिताउनुभएका उहाँ अहिले आफ्नै ठाउँमा व्यावसायिक बाख्रापालनमा लाग्नुभएको हो ।  उहाँले सञ्चालन गरेको हितेश बाख्रा फार्ममा एक सय ...

वैदेशिक राेजगारीबाट फर्केर स्वदेशमै उद्यम, मनग्य आम्दानी

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ३१ वर्षीय सागर क्षेत्रीले आठ वर्ष अगाडि स्नातक तह अध्ययन गर्दैगर्दा स्वदेशमै रोजगारी खोज्नुभयो । तर केही पाउनु भएन । आफ्नै काम गर्न उहाँसँग लगानी पनि थिएन । त्यसपछि निराश बन्दै क्षेत्री कामको खोजीमा वैदेशिक रोजगारीमा युनाइटेड अरब इमिरेटस् (यूएई) हान्निनुभएको थियो ।  विदेशमा तीन वर्ष काम गरेर फर्किनुभएका क्षेत्रीले अहिले भने स्वदेशमै बेत, बाँसबाट फर्निचर तथा अम्रिसोको कुचो बनाउने विन्ध्याबासिनी लघु उद्योग खोल्नुभएको छ । “विदेशमा पेट्...

वैदेशिक रोजगारबाट फर्केका धनकुटाका युवा तरकारी खेतीमा आकर्षित

माघ १, धनकुटा । धनकुटा नगरपालिका ४ ठोकाका श्रवण कुमार आठपहरिया बारीमा रहेका काउली, खोर्सानी टिपेर बेच्ने तयारीमा छन् । ‘पैसा त आफ्नै गाउँमा फल्न थाल्यो, म दुई वर्ष अघिसम्म विदेश जाने चक्करमा थिएँ,’ काउली काट्दै गरेका आठपहरियाले भने, ‘अहिले तरकारी खेतीमै व्यस्त हुने गरेको छु ।’ आठपहरियालाई अहिले तरकारी व्यवसाय पैसा फल्ने बोटजस्तै लागेको छ । तरकारी बेचेर यो वर्ष ७ लाख घर भित्रिने उनको अनुमान छ । अहिले उनले ६ रोपनी बारीमा तरकारी खेती गरेका छन् । आठपहरिया मात्रै होइन, ठोकाका अधिकांश कृषकले सिजन अनुसारको तरकारी बाली लगाउने गरेका छन् ।  केही क्षेत्रफलमा अकबरे खोर्सानी लगाउँदै आएका सोही ठाउँका सुजन आठपहरियाको परिवारले ६ महीनाको अवधिमा ७ लाखको अकबरे खोर्सानी बेचिसकेका छन् । ‘विक्री नहुने सम्भावना नै छैन,’ उनले भने, ‘बारीमै अकबरे खोर्सानी उठाउन आउँछन् ।’ श्रवण र सुजनजस्ता वैदेशिक रोजगारीबाट फर्केका धनकुटाको ठोकाका युवाले गाउँ नै तरकारीमय बनाएका छन् । ठोकाका अधिकांश युवा वैदेशिक रोजगारबाट फर्केर अरुलाई प्रोत्साहन गर्दै तरकारी खेती गरिरहेका हुन् । धनकुटामा वैदेशिक रोजगारबाट फर्केका युवा कृषि कर्ममा लाग्ने चलन बढ्न थालेको छ ।  तरकारी खेतीमा लागेर धनकुटाको ठोकाका युवाले गाउँलाई नै तरकारीमय बनाएका छन् । युवाले आलु, काउली, बन्दा, प्याज, टमटर, अकबरे खुर्सानी लगायत तरकारी उत्पादन गरेर राम्रो आम्दानी गर्न थालेका छन् । विदेशमा हुने कमाइभन्दा तरकारी खेतीबाट यहीँ राम्रो आम्दानी हुने गरेको उनीहरुको अनुभव छ । तरकारी विक्री गरी कमाएको पैसाले दैनिक घरखर्च चलाउन, चाडपर्व मनाउन र बालबच्चाको पढाइ खर्च त मज्जाले टरेकै छ । खर्च कटाएर बचेको पैसा बचत गर्न थालेका छन् । विदेशको रोजगारी छोडेर स्वदेशमै अर्गानिक तरकारी खेतीमा धनकुटाको ठोकाको युवाको आकर्षण बढ्न थालेको छ । व्यवसायिक रुपमा तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि आकर्षण बढेको हो । छोटो समयमा राम्रो आम्दानी हुन् थालेपछि विदेशिन लागेका युवा पनि तरकारी खेतीमा आकर्षित हुन थालेका छन् ।  रसायनिक विषादी प्रयोग गरेका तरकारीले स्वास्थ्यमा प्रतिकुल असर परेकोले विदेशबाट फर्केका युवाले अर्गानिक तरकारी खेतीमा ध्यान दिएको कृषक अगमशेर आठपहरियाले बताए । रसायनिक विषादी प्रयोग बन्द गरेर वनस्पतीका पातहरुबाट बनाइएको जैविक विषादी प्रयोग गरिरहेको उनको भनाइ छ । धनकुटा नगरपालिका वडा नं. ४ ले ठोका क्षेत्रलाई तरकारी पकेट क्षेत्र घोषणा गरेपछि खेती गर्नेको संख्या बढेको छ । धनकुटा नगरपालिका–४ का वडाध्यक्ष जमशेर आठपहरियाका अनुसार ठोकाका स्थानीय किसानले तरकारी बेचेर मात्रै वार्षिक एक करोड रुपैयाँभन्दा बढी गाउँ भित्र्याउने गरेका छन् । ‘कृषि पकेट क्षेत्र कार्यक्रम मार्फत वडाले केही बजेट विनियोजन गरेको छ ।’ वडाध्यक्ष आठपहरियाले भने, ‘त्यस्तै कृषि ज्ञान केन्द्रबाट मिनिटिलर टनेल लगायतका सामग्री वितरण भएको छ । यसले कृषकको आम्दानी झन् बढ्ने अनुमान छ ।’  ठोकाका अधिकांश स्थानीयले तरकारी खेती गरिरहेका छन् । किसानले उत्पादन गरेका तरकारी धनकुटा बजारसहित तराईका विभिन्न जिल्लामा पुग्ने गरेको छ । किसानले उत्पादन गरेको तरकारी लिन व्यापारीहरु गाडी लिएर गाउँमै आउने गरेको वडाध्यक्ष आठपहरियाले बताए ।

विदेशबाट फर्केर नेपालमै मनग्य आम्दानी

२०६५ देखि २०७३ सालसम्म वैदेशिक रोजगारीका लागि भौतारिएका एक युवक अहिले गाउँकै माटोबाट मासिक ४५ हजारभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।गुल्मीको इस्मा गाउँपालिका–४, ढाँडा गाउँका ३० वर्षीय देवबहादुर घर्तीले गाउँमै कृषि र पशुपन्छी पालनबाट मनग्गे आम्दानी लिन थालेका हुन् ।वैदेशिक रोजगारीका लागि २०६५ सालमा मलेशिया पुगेका उनी २०६९ साल नेपाल फर्किए । त्यसपछि कतार गएका उनी २०७३ सालमा नेपाल फर्किएपछि भने गाउँमै केही गर्ने योजना बनाए ।सोही अनुसार मुसिकोट नगरपालिका– १, पौदीअमराईको ठुलो पहिरो भन्

मलेसियामा ४ वर्ष बसेर फर्किए, अहिले किबी खेती गरेर मनग्य कमाइरहेका छन्

धादिङ – धादिङको नीलकण्ठ नगरपालिका ३ काे सिरान बजारका श्रीकृष्ण अधिकारीले किबी खेती सुरु गरेपछि मनग्य आम्दानी गर्न थालेका छन् ।  वैदेशिक रोजगारीबाट फर्केर गाउँमै किबी खेती सुरु गरेका उनी 'आफूसँग काम गर्ने आँट र जाँगर भए रोजगारीका लागि विदेश जानुपर्दैन' भन्ने उदाहरण बन्न सफल भएका छन् । अर्क...

तिहारमा भारतबाट फूल नल्याइने भएसँगै किसान हर्षित

वैदेशिक रोजगारमा पुगेका कतिपय युवाहरु गाउँ फर्केर बसेका छन्। नेपालमा तिहारका लागि अत्यावश्यक मानिने तिहारे फूल (सयपत्री) भारतबाट आउने गरेको थाहा पाएका किसान दामोदर घर्तीले भने व्यवसायिक फूल खेतीबाट मनग्य आम्दानी लिन थालेका छन्।

वैदेशिक रोजगारी छाडेर प्राङ्गारिक तरकारी खेतीमा

पछिल्लो समय तरकारी खेतीतर्फ युवाको आकर्षण बढ्दो छ । व्यावसायिक रुपमा तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि आकर्षण बढेको हो । नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–१३ स्थित धनेवाका एक युवकले वैदेशिक रोजगारी छाडेर गाउँमै अर्गाानिक तरकारी खेती गर्नुभएको छ । छोटो समयमै उहाँले राम्रो आम्दानी गर्नुभएको छ । रासायनिक विषादीको प्रयोग गरिएका तरकारीले स्वास्थ्यमा प्रतिकूल असर परेकाले विदेशबाट फर्केर ३८ वर्षीय कृषक बाबुराम केसीले व्यावसायिक जैविक खेती थाल्नुभएको हो ।

वैदेशिक रोजगारबाट फर्केर बाख्रापालन, स्वदेशमै मनग्य आम्दानी

रोल्पा – रोल्पामा वैदेशिक रोजगारबाट फर्किएका युवाहरु आधुनिक तरिकाले व्यावसायिक बाख्रापालनमा लागेका छन् । साउदी अरबमा १२ वर्ष काम गरेर फर्केका सुनिल स्मृती गाउँपालिका–४ मिझिङका नेत्रबहादुर महरा अहिले व्यावसायिक बाख्रापालनमा लाग्नु भएको छ । देशमै केही गरौं भनेर दुई वर्षअघि आफूले २५ वटाबाट सुरु गरेकोमा अहिले...

विदेशबाट फर्केर तरकारी खेती

वैदेशिक रोजगारीका सिलसिलामा ७ वर्षभन्दा लामो समयसम्म खाडीमुलुक मलेसियामा रगत र पसिना बगाएका अमरगढी नगरपालिका–७ का डम्मरबहादुर पार्कीले स्वदेश फर्किएर तरकारी खेतीबाटै मनग्य आम्दानी गर्न थालेका छन् ।