कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ३१ वर्षीय सागर क्षेत्रीले आठ वर्ष अगाडि स्नातक तह अध्ययन गर्दैगर्दा स्वदेशमै रोजगारी खोज्नुभयो । तर केही पाउनु भएन । आफ्नै काम गर्न उहाँसँग लगानी पनि थिएन । त्यसपछि निराश बन्दै क्षेत्री कामको खोजीमा वैदेशिक रोजगारीमा युनाइटेड अरब इमिरेटस् (यूएई) हान्निनुभएको थियो ।
विदेशमा तीन वर्ष काम गरेर फर्किनुभएका क्षेत्रीले अहिले भने स्वदेशमै बेत, बाँसबाट फर्निचर तथा अम्रिसोको कुचो बनाउने विन्ध्याबासिनी लघु उद्योग खोल्नुभएको छ ।
“विदेशमा पेट्...