साना तथा मझौला कम्पनीका लागि ‘एसएमई प्लेटफर्म’ सञ्चालन हुने

काठमाडौँ– नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आगामी चार महिनाभित्र नेपाल स्टक एक्सचेन्जअन्तर्गत साना तथा मझौला कम्पनीहरूका लागि ‘एसएमई प्लेटफर्म’ सञ्चालनमा ल्याउने  दाबी गरेका छन् । बोर्डको ३० औं वार्षिकोत्सव समारोहमा बोल्दै हमालले एसएमई प्लेटफर्म निर्माणको समय अवधिकाबारेमा जानकारी गराएका थिए । उनले चार महिनाभित्रै वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्राथमिक सेयरमा आरक्षणको कोटा छुट्याउने व्यवस्थासमेत […]

सम्बन्धित सामग्री

२५ करोडसम्मका कम्पनी ‘एसएमई’मा रहने, आईपीओमा न्यूनतम २५० कित्ता

८ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले साना तथा मझौला कम्पनी (एसएमई) का लागि आईपीओ जारी गर्न तथा सेयर कारोबारका लागि छुट्टै नीतिगत व्यवस्थाको प्रस्ताव गरेको छ । ४ जेठमा बसेको धितोपत्र बोर्ड सञ्चालक समितिले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार सम्बन्धी नियमावली, २०८० मस्यौदालाई पारित गरेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाउने […]

पुँजी बजारमा समेटिँदै एसएमई

साना तथा मझौला कम्पनी (एसएमई)लाई पनि पुँजी बजारमा ल्याउने काम अन्तिम चरणमा पुगेको छ । नेपाल धितोपत्र बोर्डले त्यस्ता कम्पनीहरूलाई पुँजी बजारमा ल्याउनका लागि आवश्यक नियमावली बनाउने काम अन्तिम चरणमा पु¥याएको हो । बोर्ड अध्यक्ष रमेशकुमार हमालले आवश्यक नियमावलीको मस्यौदा तयार पारिएको कारोबार दैनिकलाई जानकारी दिए । “सरकारले पूर्णता पाउनेबित्तिकै त्यससम्बन्धी काम थप अगाडि बढ्नेछ,” […]

साना कम्पनीका शेयरका लागि अलग प्लेटफर्म

नेपाल धितोपत्र बोर्डले साना तथा मझौला कम्पनीहरूको शेयर कारोबारका लागि छुट्टै प्लेटफर्म बनाउने तयारी शुरू गरेको छ । चालू आवको नीतिमा उसले यससम्बन्धी व्यवस्था गरेको थियो र यसबारे समिति गठन गरेर अध्ययन पनि गरेको थियो । त्यसैअनुसार ठूला कम्पनी र साना कम्पनीहरूका लागि अलगअलग व्यवस्था गर्ने तयारी भएको हो । यसले शेयरबजारलाई थप सहज बनाउँदै बजार परिसूचकलाई पनि बढी यथार्थपरक बनाउने अपेक्षा छ । ठूला कम्पनीहरूसरह एकनास व्यवहार हुँदा साना कम्पनीहरू शेयरबजारमा प्रवेश गर्न असहज मानिरहेको अवस्थामा नयाँ व्यवस्था छिटै लागू गर्नुपर्ने देखिएको छ । अहिले केही करोड चुक्ता पूँजी भएका कम्पनी र अर्बौं रुपैयाँ चुक्ता पूँजी भएका कम्पनीहरूलाई साधारण शेयर निष्कासनदेखि दोस्रो बजारमा कारोबारसम्मका लागि समान व्यवस्था लागू भइरहेको छ । साना कम्पनीको शेयर संख्या निकै कम हुन्छ भने ठूला कम्पनीको शेयर संख्या निकै धेरै हुन्छ । ती सबैलाई एउटै व्यवस्था गर्नुभन्दा फरक गर्नु उपयुक्त हुने अवधारणाअनुसार बोर्डले यस्तो प्रस्ताव गरेको हो । त्यसैले साना तथा ठूला कम्पनीहरूका लागि शेयर निष्कासनदेखि दोस्रो बजारसम्मका अलगअलग प्लेटफर्ममार्फत गराउनु निकै सकारात्मक हो । बोर्डले यसको सम्भाव्यता, आवश्यकता र अन्तरराष्ट्रिय अभ्यास र त्यसको कार्यान्वयनका लागि अध्ययन समिति गठन गरेको थियो । समितिले प्रस्तुत गरेको अध्ययनको निष्कर्षअनुसार नै बोर्डले साना कम्पनीहरूका लागि अलग प्लेटफर्म बनाउने तयारी गरेको हो । दोस्रो बजारमा अलग प्लेटफर्म बनाउन नेप्सेले साना तथा मझौला कम्पनीहरूलाई छुट्टै सेक्शन निर्माण गर्नुपर्ने हुन्छ । त्यसैका लागि बोर्डले नेप्सेसँग सुझाव मागेको हो । अनलाइन कारोबार गर्दा कस्तो प्रकारको प्रडक्ट किनबेच गर्ने हो भनेर लगानीकर्ताले छान्नुपर्छ । इक्विटी, ऋणपत्र आदि छान्ने ठाउँमा नै साना तथा मझौला कम्पनीहरूको सूची थप्नुपर्ने हुन्छ । त्यस्तै यस्ता कम्पनीहरूको सूचीकरणका लागि शुल्कदेखि मापदण्डसमेत नेप्से निर्धारण गर्नुपर्छ । त्यसै गरी बोर्डले यस्ता कम्पनीहरूको प्राथमिक शेयर निष्कासनका लागि विभिन्न मापदण्ड तय गर्नुपर्ने हुन्छ । ठूला कम्पनीहरूसरह एकनास व्यवहार हु“दा साना कम्पनीहरू शेयरबजारमा प्रवेश गर्न असहज मानिरहेको अवस्थामा नयाँ व्यवस्था छिटै लागू गर्नुपर्ने देखिएको छ । अर्थतन्त्रमा ठूलो योगदान गर्ने साना तथा मझौला उद्योगहरूलाई पूँजी बजारमा प्रवेश गराउन यो सकारात्मक कदम हो । यस्तो व्यवस्थाबाट साना कम्पनीहरूलाई पूँजी संकलनमा सहयोग पुग्नेछ भने ती कम्पनीले शेयर विक्री गरी आफूलाई ठूलो कम्पनी बनाउन सक्ने अवस्थासमेत आउन आउन सक्छ । संसारभरिकै पूँजी बजारमा यस्तो प्लेटफर्म प्रचलनमा रहेको पाइन्छ । छिमेकी मुलुक भारतमा पनि साना तथा मझौला कम्पनीहरूका लागि यस्तो अलग प्लेटर्फको अभ्यास रहेको पाइन्छ । भारतमा सन् २०१२ देखि यस्तो प्लेटफर्म सञ्चालनमा आएको हो तर नेपालमा बल्ल यसका लागि बोर्डले तयारी गरेको छ । ढिलै भए पनि बोर्डको यो कदमले पूँजी बजारलाई सकारात्मक सहयोग गर्नेछ । कस्ता कम्पनीलाई साना तथा मझौला कम्पनी भनेर वर्गीकरणमा विवाद भने हुन सक्छ । भारतमा ३ करोडदेखि २५ करोड रुपैयाँसम्मको चुक्ता पूँजी भएका कम्पनीहरूलाई यस्तो वर्गमा राखेर कारोबार गराउने गरिएको छ । नेप्सेका अधिकारीहरूले यस्तो अलग प्लेटफर्म तत्काल बनाउन कठिन हुने र थप अध्ययन गर्नुपर्ने बताएका छन् । बोर्डले यसबारेमा अध्ययन गराइसकेपछि नेप्सेले थप अध्ययन गराउनुपर्ने हुन्छ कि हुँदैन त्यो नियामक र बजार सञ्चालकको कुरा हो । तर, यसलाई सकेसम्म चाँडो कार्यान्वयनमा लैजानु पूँजी बजारको विस्तारका लागि आवश्यक देखिन्छ । साना तथा ठूला कम्पनीहरूलाई एउटै प्लेटफर्ममा राखेर कारोबार गराउनु उपयुक्त पनि होइन । शेयर संख्या, चुक्ता पूँजी, कारोबार आदिका आधारमा यी कम्पनीको जटिलता पनि फरकफरक हुन्छन् । यस्तोमा सबै कम्पनीहरूलाई एउटै प्लेटफर्म र मापदण्ड तथा शुल्क जरीवानाजस्ता कुरामा समान व्यवहार उपयुक्त हुँदैन । यी सबै पक्ष समेटेर उचित मापदण्ड बनाई साना तथा मझौला कम्पनीलाई शेयरबजारमा सहज बनाउन ढिला गर्नु हुँदैन ।

साना  तथा मझौला कम्पनीको शेयर कारोबारका लागि एसएमई प्ल्याटफर्मको विकास गरिंदै

असार १३, काठमाडौं । नेपाल धितोपत्र बोर्डले साना तथा मझौला कम्पनी( एसएमई) हरुको छुट्टै कारोबार गर्ने गरी एसएमई प्ल्याटफर्मको विकास गर्नका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सँग सुझाब मागेको छ ।  चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममै धितोपत्र बोर्डले साना तथा मझौला कम्पनीहरुको लागि छुट्टै कारोबार हुने गरी एसएमई प्ल्याटफर्म तथा अन्य कम्पनीको कारोबारका लागि मेन बोर्डको व्यवस्था गर्न नेप्सेलाई सहजीकरण गर्ने कार्यक्रम समेटेको थियो । सोही कार्यक्रम कार्यान्वयनका सन्दर्भमा बोर्डले असार ८ गते नेप्सेसँग सुझाब माग गर्दै पत्राचार गरेकोे जानकारी दिएको हो । नेपालको धितोपत्र बजारमा हाल सबै किसिमका कम्पनीहरु एकै किसिमको कक्षमा सूचीकृत भई कारोबार भइहेका छन् ।  हाल बजारमा करोडदेखि अर्ब रूपैयाँसम्म पूँजी भएका कम्पनीहरु एउटै कक्षमा समेटिएर कारोबार भइरहेको अवस्था छ । सबै खाले कम्पनीहरुको एकै किसिमको कक्षमा कारोबार हुँदा धितोपत्रको सुचकांकहरुले वास्तविक अवस्थाको संकेत नगरेको भन्दै बोर्डले दुई कक्ष मार्फत साना तथा मझौला र ठूला कम्पनीहरुको कारोबार गराई वास्तविक अवस्थाको सृजना गर्ने तयारी गरेको हो ।  बोर्डले साना तथा ठूला कम्पनीहरुको छुट्टा छुट्टै कारोबार कक्षको विकासका लागि आवश्यक पूर्वाधार र कानूनी प्रावधानका सम्बन्धमा अन्तरराष्ट्रिय अभ्यासलाई पनि पुनरावलोकन गरी प्रारम्भिक अध्ययनसमेत गरेको जानकारी दिएको छ । उक्त अध्ययन प्रतिवेदनमा गरिएको सिफारिस बमोजिम आवश्यक प्रक्रिया अघि बढाउन गर्नुपर्ने नीतिगत सुधार र पूर्वाधार विकासका सम्बन्धमा नेप्सेसँग सुझाब माग गरिएको बोर्डले बताएको छ । धितोपत्र बोर्डले अघि सारेको साना र ठूला कम्पनीहरु छुट्टा छुट्टै कक्षमा कारोबारका लागि नेपालमा प्राविधिक कठिनाईसँगै नीतिगत समस्या हुने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीको भनाइ छ ।  अन्तरराष्ट्रिय बजारमा यो व्यवस्था कार्यान्वयनमा रहे पनि नेपालमा तत्काल कार्यान्वयनमा कठिनाई हुन सक्ने सम्भावनालाई प्रवक्ता पराजुलीले औंल्याएका छन् । हालसम्म सबै खाले कम्पनीहरु एकै कक्षमा कारोबार भइरहेको अवस्थामा ती कम्पनीहरुलाई छुट्याउनेदेखि नयाँ कम्पनीहरुको सवालमा नीतिगत व्यवस्था तय गर्न थप अध्ययन तथा अनुसन्धान आवश्यक रहेको प्रवक्ता पराजुलीको भनाइ छ ।  उनले कुनै पनि नयाँ काम गर्नुअघि त्यसले भविष्यमा पार्ने प्रभावलाई अगाडीनै मूल्याङ्कन गर्न आवश्यक रहेकाले यस विषयमा नेप्सेले थप छलफल पश्चात आवश्यक सुझाब धितोपत्र बोर्डमा पेश गर्ने जानकारी दिएका छैन । प्रिन्ट संस्करणबाट