साना  तथा मझौला कम्पनीको शेयर कारोबारका लागि एसएमई प्ल्याटफर्मको विकास गरिंदै

असार १३, काठमाडौं । नेपाल धितोपत्र बोर्डले साना तथा मझौला कम्पनी( एसएमई) हरुको छुट्टै कारोबार गर्ने गरी एसएमई प्ल्याटफर्मको विकास गर्नका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सँग सुझाब मागेको छ ।  चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममै धितोपत्र बोर्डले साना तथा मझौला कम्पनीहरुको लागि छुट्टै कारोबार हुने गरी एसएमई प्ल्याटफर्म तथा अन्य कम्पनीको कारोबारका लागि मेन बोर्डको व्यवस्था गर्न नेप्सेलाई सहजीकरण गर्ने कार्यक्रम समेटेको थियो । सोही कार्यक्रम कार्यान्वयनका सन्दर्भमा बोर्डले असार ८ गते नेप्सेसँग सुझाब माग गर्दै पत्राचार गरेकोे जानकारी दिएको हो । नेपालको धितोपत्र बजारमा हाल सबै किसिमका कम्पनीहरु एकै किसिमको कक्षमा सूचीकृत भई कारोबार भइहेका छन् ।  हाल बजारमा करोडदेखि अर्ब रूपैयाँसम्म पूँजी भएका कम्पनीहरु एउटै कक्षमा समेटिएर कारोबार भइरहेको अवस्था छ । सबै खाले कम्पनीहरुको एकै किसिमको कक्षमा कारोबार हुँदा धितोपत्रको सुचकांकहरुले वास्तविक अवस्थाको संकेत नगरेको भन्दै बोर्डले दुई कक्ष मार्फत साना तथा मझौला र ठूला कम्पनीहरुको कारोबार गराई वास्तविक अवस्थाको सृजना गर्ने तयारी गरेको हो ।  बोर्डले साना तथा ठूला कम्पनीहरुको छुट्टा छुट्टै कारोबार कक्षको विकासका लागि आवश्यक पूर्वाधार र कानूनी प्रावधानका सम्बन्धमा अन्तरराष्ट्रिय अभ्यासलाई पनि पुनरावलोकन गरी प्रारम्भिक अध्ययनसमेत गरेको जानकारी दिएको छ । उक्त अध्ययन प्रतिवेदनमा गरिएको सिफारिस बमोजिम आवश्यक प्रक्रिया अघि बढाउन गर्नुपर्ने नीतिगत सुधार र पूर्वाधार विकासका सम्बन्धमा नेप्सेसँग सुझाब माग गरिएको बोर्डले बताएको छ । धितोपत्र बोर्डले अघि सारेको साना र ठूला कम्पनीहरु छुट्टा छुट्टै कक्षमा कारोबारका लागि नेपालमा प्राविधिक कठिनाईसँगै नीतिगत समस्या हुने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीको भनाइ छ ।  अन्तरराष्ट्रिय बजारमा यो व्यवस्था कार्यान्वयनमा रहे पनि नेपालमा तत्काल कार्यान्वयनमा कठिनाई हुन सक्ने सम्भावनालाई प्रवक्ता पराजुलीले औंल्याएका छन् । हालसम्म सबै खाले कम्पनीहरु एकै कक्षमा कारोबार भइरहेको अवस्थामा ती कम्पनीहरुलाई छुट्याउनेदेखि नयाँ कम्पनीहरुको सवालमा नीतिगत व्यवस्था तय गर्न थप अध्ययन तथा अनुसन्धान आवश्यक रहेको प्रवक्ता पराजुलीको भनाइ छ ।  उनले कुनै पनि नयाँ काम गर्नुअघि त्यसले भविष्यमा पार्ने प्रभावलाई अगाडीनै मूल्याङ्कन गर्न आवश्यक रहेकाले यस विषयमा नेप्सेले थप छलफल पश्चात आवश्यक सुझाब धितोपत्र बोर्डमा पेश गर्ने जानकारी दिएका छैन । प्रिन्ट संस्करणबाट

सम्बन्धित सामग्री

‘ग्लोबल एसएमई अवार्ड’बाट मुक्तिनाथ विकास बैंक सम्मानित

काठमाडौँ- विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्त निगम –आईएफसी) तथा एसएमई फाइनान्स फोरमले आयोजना गरेको ‘जी–२० ग्लोबल पार्टनरसीप फाइनान्सियल इन्क्लुसन’बाट मुक्तिनाथ विकास बैक ‘ग्लोबल एसएमई अवार्ड २०२१’द्वारा सम्मानित भएको छ । साना तथा लघुवित्त क्षेत्रमा प्राथमिकताका साथ लगानी गर्दै आइरहेको मुक्तिनाथ विकास बैंकलाई सम्मान गरेको आयोजक संस्थाले जनाएको छ । सो कार्यक्रममा साना तथा लघुवित्त क्षेत्रमा […]

मुक्तिनाथ विकास बैंक सम्मानित

जी २० को ग्लोबल पार्टनरसीप फर फाइनान्सियल इन्क्लुजन (जिपिएफआइ)बाट समर्थित ग्लोबल एसएमई अवार्ड २०२१ बाट मुक्तिनाथ विकास बैंक सम्मानित भएको छ । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) तथा एसएमइ फाइनान्स फोरमद्वारा उक्त अवार्ड कार्यक्रम आयोजना गरिएको थियो ।सो कार्यक्रममा साना तथा लघुबित्त क्षेत्रमा काम गरिरहेका विश्वभरीका विभिन्न संघसंस्थाहरु प्रतिस्पर्धामा सहभागी भएका थिए । […]

‘ग्लोबल एसएमई अवार्ड २०२१’ मुक्तिनाथ बैंकलाई

‘ग्लोबल एसएमई अवार्ड २०२१’ द्वारा मुक्तिनाथ विकास बैंक सम्मानित भएको छ। एसएमई फाइनान्सियर अफ दि इयर एसिया विधामा मुक्तिनाथ विकास बैंक सम्मानित भएको हो।

मुक्तिनाथ विकास बैंक ‘ग्लोबल एसएमई अवार्ड २०२१’बाट सम्मानित

काठमाडौँ – विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्त निगम आइएफसी तथा एसएमइ फाइनान्स फोरमद्वारा आयोजना गरेको र जी ट्वान्टी ग्लोबल पार्टनरसिप फर फाइनान्सियल इनक्लुजन (जीपीएफआई) बाट समर्थित ‘ग्लोबल एसएमई अवार्ड २०२१’द्वारा साना तथा लघुवित्त क्षेत्रमा प्रथमिकतासाथ लगानी गर्दै आएको मुक्तिनाथ विकास बैंक सम्मानित भएको छ। कार्यक्रममा साना तथा लघुवित्त क्षेत्रमा काम गरिरहेका विश्वभरिका विभिन्न संघसंस्था प्रतिस्पर्धामा […]

मुक्तिनाथ विकास बैंक ‘ग्लोबल एसएमई अवार्ड’ बाट सम्मानित

मुक्तिनाथ विकास बैंक ‘ग्लोबल एसएमई अवार्ड’ बाट सम्मानित भएको छ । विश्व बैंक समूहको अन्तराष्ट्रिय वित्त निगम तथा एसएमई फाइनान्स फोरमले आयोजना गरेको र जी–ट्वान्टिज ग्लोबल पार्टनरशिप फर फाइनान्सियल इन्क्युलसनबाट समर्थित ‘ग्लोबल एसएमई अवार्ड २०२१’ द्वारा बैंक सम्मानित भएको हो ।  साना तथा लघुवित्त क्षेत्रमा बैंकले पु-याएको योगदानको कदर गर्दै सम्मानित गरिएको हो ।...

मुक्तिनाथ विकास बैंक 'ग्लोबल एसएमई अवार्ड २०२१' बाट सम्मानित

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited  “ग्लोबल एसएमई अवार्ड २०२१” बाट सम्मानित भएको छ । विश्व बैंक समूहको अन्तराष्ट्रिय बित्त निगम (IFC)  तथा एसएमई फाइनान्स फोरमले आयोजना गरेको र G20's Global Partnership for Financial Inclusion (GPFI) बाट समर्थित “ग्लोबल एसएमई अवार्ड २०२१” द्वारा साना तथा लघुबित्त क्षेत्रमा प्रथमिकताका साथ लगानी गर्दै आइरहेको मुक्तिनाथ विकास बैंक सम्मानित भएको हो । सो कार्यक्रममा साना तथा लघुबित्त क्षेत्रमा काम गरिरहेका विश्वभरीका विभिन्न सँघसंस्थाहरु प्रतिस्पर्धामा सहभागी भएका थिए । साना तथा लघुवित्त क्षेत्रमा मुक्तिनाथ विकास बैंकले पु¥याएको योगदानको कदर गर्दै 'SME Financier of The Year- Asia'  विधामा सम्मानित भएको बैंकल जनाएको छ । यस सम्मानले बैंकलाई भविष्यमा यस साना तथा लघुबित्त क्षेत्रमा थप योगदान गर्नको लािग उत्साहित बनाएको बैंकले उल्लेख गरेको छ । बैंकले यस अघि युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० हासिल समेत भएको थियो । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

मुक्तिनाथ विकास बैंक ‘ग्लोबल एसएमई अवार्ड’ बाट सम्मानित

मुक्तिनाथ विकास बैंक ‘ग्लोबल एसएमई अवार्ड’ बाट सम्मानित भएको छ । विश्व बैंक समूहको अन्तराष्ट्रिय वित्त निगम तथा एसएमई फाइनान्स फोरमले आयोजना गरेको र जी–ट्वान्टिज ग्लोबल पार्टनरशिप फर फाइनान्सियल इन्क्युलसनबाट समर्थित ‘ग्लोबल एसएमई अवार्ड २०२१’ द्वारा बैंक सम्मानित भएको हो । साना तथा लघुवित्त क्षेत्रमा बैंकले पु-याएको योगदानको कदर गर्दै सम्मानित गरिएको हो ।  यस सम्मानले भविष्यमा  साना तथा लघुवित्त क्षेत्रमा थप योगदान गर्नको लागि उत्साहित बनाएको बैंकले

गरिमा विकास बैंककाे नयाँ कर्जा याेजना, ९ प्रतिशत ब्याजदरमै कर्जा पाइने

गरिमा विकास बैंकले नयाँ कर्जा सुविधाहरू सार्वजनिक गरेको छ । बैंकले 'गरिमा इजी एसएमई लाेन' र 'गरिमा इजी हाेम लाेन' याेजना ल्याएकाे हाे