प्रदेश २ का विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लियो ७ सय अक्सिजन सिलिण्डर

जनकपुरधाम : प्रदेश २ का विभिन्न स्थानबाट प्रहरीले ७ सय थान अक्सिजन सिलिण्डर नियन्त्रणमा लिएको छ। स्वास्थ्य बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले प्रदेश अन्तर्गतका विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरुमा स्टक गरी राखिएका ७ सय अक्सिजन सिलिण्डरहरु नेपाल प्रहरीले नियन्त्रणमा लिइएको हो। प्रहरीले अक्सिजन भएका सिलिण्डर…

सम्बन्धित सामग्री

मन्त्री साहले गृहजिल्लामा पठाए अक्सिजनसहित स्वास्थ्य सामग्री

काठमाडाैं : सहरी विकास मन्त्री प्रभु साहले गृहजिल्ला रौतहटसहित प्रदेश-२ को लागि अक्सिजनसहित विभिन्न स्वास्थ्य सामग्री पठाएका छन्। कोरोना संक्रमण दर बढेसँगै स्वास्थ्य सामग्री अभाव देखिएपछि मन्त्री साहले आफ्नो व्यक्तिगत तर्फबाट प्रदेश-२ का लागि अक्सिजन, मास्क, पिपिई, ग्लोब्स, अक्सिमिटर लगायतका सामाग्री पठाएका छन्।साहले पठाएका ३० ओटा अक्सिजन सिलिण्डर, २५ लिटर सेनिटाइजर, ५ हजार ओटा मास्क, २५ ‌ओटा अक्सोमिटर, २५ सेट पीपीई, ५ बक्स ग्लोब्स बिहीबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई ह

दक्ष जनशक्तिको अभावमा सिरहा अस्पतालको भेन्टिलेटर प्रयोगविहीन

जेठ ४, सिरहा । दक्ष जनशक्तिको अभावमा सिरहा अस्पतालले खरीद गरेको भेन्टिलेटर सञ्चालनमा नआउँदा कोभिड–१९ संक्रमित बिरामीलाई उपचारका लागि अन्यत्र पठाउनु परेको बाध्यता रहेको छ ।  जिल्लामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गए पनि दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर अझै सञ्चालनमा आउन नसकेको अस्पतालले जानकारी दिएको छ । भेन्टिलेटर सञ्चालनका लागि चाहिने जनशक्ति माग सम्बन्धित निकायसँग पटकपटक गरे पनि नपठाएकाले अहिले चारओटै भेन्टिलेटर प्रयोगविहीन अवस्थामा रहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा नागेन्द्र यादवले जानकारी दिए । सिरहा अस्पतालमा एचडियु १५ शय्या र आइसियु पाँच शय्या र चार भेन्टिलेटर उपलब्ध रहे पनि भेन्टिलेटर सञ्चालनमा छैन । सो अस्पतालले आफैँ अक्सिजन प्लान्ट जडान गरेको छ । आफ्नै पिसिआर टेष्ट ल्याबबाट प्रत्येक आठ घण्टामा ९६ जनाको रिपोर्ट दिँदै आएको छ ।  यसैबीच, प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेशकुमार मण्डलले सिरहा अस्पतालको निरीक्षण गरेका छन् ।  अक्सिजन सिलिण्डर संकलन  सिरहा प्रहरीको सक्रियतामा जिल्लाको विभिन्न निजी उद्योगहरुबाट ३३ थान अक्सिजन सिलिण्डर संकलन गरेको छ ।  कोभिड–१९ का कारण देशभर अक्सिजन सिलिण्डहरुको अभाव भइरहेका बेला इलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले मिर्चैया नगरपालिका–१ स्थित सूर्या सिमेन्ट उद्योगबाट ३० र कर्जन्हा नगरपालिका–४ बन्दीपुरस्थित प्रशान्त बालुवा प्रशोधन क्रसर उद्योगबाट तीन गरी ३३ थान सिलिण्डर संकलन गरेको हो ।  संकलित सिलिण्डर जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन समिति (डिसिसिएमसी) सिरहाको निर्णयबमोजिम स्वास्थ्य कार्यालयको पत्रानुसार अक्सिजन पुर्नभरण गरी आवश्यकताअनुसार परिचालन गर्न रेडक्रस सोसाइटी सिरहाको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । रासस

प्रदेश २ सरकारले संघसँग माग्यो चार हजार थान अक्सिजन सिलिण्डर

जनकपुरधाम : प्रदेश २ सरकारले संघीय सरकारसँग चार हजार थान अक्सिजनको सिलिण्डर माग गरेको छ।मंगलबार बसेको प्रदेश संकट व्यवस्थापन केन्द्रको बैठकले प्रदेशमा हुन सक्ने अक्सिजनको अभावलाई मध्य नजर गर्दै संघीय सरकारसँग तत्काल चार हजार अक्सिजनको सिलिण्डर माग गर्ने निर्णय गरेको हो।मुख्यमन्त्री लालबाबु राउतले आइतबार र सोमबार प्रदेशस्थित सबै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, अस्पताल रहेका, पालिकाका प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल छलफल गरेको थियो। प्रादेशिक कोरोना भाइरस व्यवस्थापन समिति (पिसिसिएमसी)को

प्रदेश २ मा लुकाएर राखिएका ७ सय थान अक्सिजिन सिलिण्डर जफत

प्रदेश २ मा लुकाएर राखिएका ७ सय थान अक्सिजन सिलिण्डर प्रहरीले जफत गरेको छ ।

प्रदेश २ प्रहरीले बरामद गर्‍यो ७०० थान अक्सिजन सिलिण्डर

बरामद गरिएका सिलिन्डरहरु सम्बन्धित अक्सिजन प्लान्ट उद्योग, अस्पताल तथा आधिकारिक वितरकलाई बुझाई स्वास्थ्य प्रयोजनमा प्रयोग गराउने प्रहरीले जनाएको छ।

उद्योग तथा कारखानामा राखिएका ७ सय अक्सिजन सिलिण्डर बरामद

उद्योग तथा कारखानामा लुकाएर राखिएको ७ सय अक्सिजन सिलिन्डर प्रदेश २ प्रहरीले बरामद गरेको छ।

स्वास्थ्यबाहेक अन्य काममा प्रयोग भइरहेका अक्सिजन सिलिण्डर नियन्त्रणमा

२६ वैशाख, जनकपुरधाम । स्वास्थ्यबाहेक अन्य प्रयोजनमा प्रयोग भइरहेको सात सय थान अक्सिजनका सिलिण्डर प्रदेश २ का विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना संक्रमितका उपचारका लागि अक्सिजनको चरम अभाव भइरहेको बेला स्वास्थ्यबाहेक अन्य प्रयोजनका लागि प्रयोग भइरहेका सिलिण्डर नियन्त्रणमा लिइएको प्रदेश २ प्रहरी कार्यालय जनपुरधामले जनाएको छ । प्रदेशमा रहेका विभिन्न उद्योग, कलकारखाना, […]

अक्सिजन र रेम्डिसिभिर खरिद गर्ने प्रदेश २ सरकारको निर्णय

वीरगंज : प्रदेश २ सरकारले कोरोना महामारी नियन्त्रणका लागि प्रदेशमा थप अक्सिजन सिलिण्डर र रेम्डिसिभिर खरिद गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा मुख्यमन्त्री निवास मधेश भवनमा सम्पन्न उच्च स्तरीय बैठकले उक्त निर्णय गरेको हो। कोरोनाको पछिल्लो चरणमा अक्सिजनको आवश्यकता सबैभन्दा बढी देखिएको हूँदा प्रदेशको १४ वटा सरकारी अस्पताललाई…

महामारी नियन्त्रण गर्न प्रदेश २ सरकारले १४ वटा अस्पताललाई रकम उपलब्ध गराउने

जनकपुरधाम : प्रदेश २ सरकारले कोरोना महामारी नियन्त्रणका लागि १४ वटा सरकारी अस्पताललाई थप अक्सिजन सिलिण्डर भण्डारण गर्न पाँच/पाँच लाख उपलब्ध गराउने निर्णय गरेको छ ।प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणका लागि प्रदेशमा थप अक्सिजन सिलिण्डर र रेमडिसिभिर खरिद गर्ने निर्णय गरेको हो ।मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा जनकपुरधामस्थित मुख्यमन्त्री निवासमा बिहीबार सम्पन्न उच्चस्तरीय बैठकले कोरोनाको पछिल्लो चरणमा अक्सिजनको आवश्यकता सबैभन्दा बढी देखिएको हुँदा प्रदेशको १४ वटा सरकारी अस्पतालल