नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता विषय नागरिकको मौलिक अधिकार भएकाले यसमा सरकारले लगानी बढाउनुपर्ने बताउनुभएको छ । पार्टी निकट नेपाल रिटर्नी एसोसिएसन समाजवादीको राष्ट्रिय भेलाको बुधबार उद्घाटन गर्दै उहाँले वैदेशिक रोजगारबाट स्वदेश फर्किएका नेपालीले आर्जन गरेको पूँजी र सीपको उपयोग गरी मुलुकमा उत्पादन वृद्धि गर्नसकेमा रोजगारी वृद्धि भई सामाजिक …