तत्काल सरकारमा सहभागी हुँदैनौं : अध्यक्ष नेपाल

काठमाडौं, ३० पुष । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी तत्काल सरकारमा सहभागी नहुने बताएका छन्। उनले रौतहट–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा पार्टी तत्काल सरकारमा सहभागी नहुने कुरा बताएका हुन्। उनले सरकारले अघि सारेका कार्यक्रमलाई हेरेर सर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिएको र परिस्थितिमा परिवर्तन भएर आफूहरूको आवश्यकता भए सरकारमा जान सकिने […]

सम्बन्धित सामग्री

राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं, माघ १६ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरी मुलुकमा विकास तथा समृद्धि कायम गर्नुपर्ने बताएका छन्। शहीद दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले लोकतान्त्रिक पद्धतिबाट जनताको स्वतन्त्रता, सामाजिक न्याय र समानता कायम गर्दै विद्यमान विसङ्गतिहरूको अन्त्य गर्न सकिने बताएका हुन् । लोकतन्त्रको […]

चीन भ्रमण पूरा गरी अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चीनबाट गए राति स्वदेश फिर्ता भएका छन् । दक्षिण एसियाली पार्टीहरूको भेलामा सहभागी हुन अध्यक्ष नेपाल नेतृत्वको १५ सदस्यीय प्रतिनिधिमण्डल यही कात्तिक २१ गते चीन प्रस्थान गरेको थियो । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा उक्त प्रतिनिधिमण्डल चीनको खुनमिङ सहरमा भएको उक्त कार्यक्रममा सहभागी भएर स्वदेश […]

अध्यक्ष नेपाल र स्विट्जरल्याण्डका राजदूतबीच भेटवार्ता

काठमाडौँ, १२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डानिइल्ले म्युले आज शिष्टाचार भेट गरेकी छन् । त्यस अवसरमा नेपाल–स्विट्जरल्याण्ड सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । अध्यक्ष नेपालले राजदूत म्युलेको सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

अध्यक्ष नेपाल र संयोजक गौतमबीच भेट : एकता सम्बन्धमा छलफल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले मंगलबार भेटवार्ता गरेका छन्।एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा अध्यक्ष नेपाल र नेता गौतमबीच भएको भेटघाटमा समसामयिक राजनीतिक विषय, समान विचार भएका वामपन्थी शक्तिबीचको एकताबारे भइरहेका प्रयासका साथै राष्ट्रिय अन्तरराष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा छलफल भएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।अध्यक्ष नेपालले मुलुकको कम्युनिष्ट आन्दोलन जगेर्ना गरी राष्ट्

अध्यक्ष नेपाल र लिउबीच भेटवार्ता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चिओबीच भेटवार्ता भएको छ । मंगलबार अपरान्ह अध्यक्ष नेपाल र लिउबीच कठमाडौंको एक होटलमा भेट भएको हो । भेटपछि सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष नेपालले नेपाल र चीनबीचको सम्बन्धका बारेमा कुरा गरेको बताउनुभयो । उहाँले चिनियाँ पक्षबाट नेपाली […]

नेपाली भूमि अरू देशलाई प्रयाेग गर्न दिँदैनाैँ : अध्यक्ष नेपाल

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चिओबीच भेटवार्ता भएको छ । आज मङ्गलवार दिउँसाे अध्यक्ष नेपाल र लिउबीच काठमाण्डाैकाे एक होटलमा भेट भएको हो ।  भेटपछि सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष नेपालले नेपाल र चीनबीचको सम्बन्धका बारेमा कुरा गरेको बताउनुभयो । उहाँले चिनियाँ पक्षबाट नेपाली भूमिको प्रयोगका बारेमा कुरा राखेको र आफूले कुनै देशलाई पनि नेपाली भूमि प्रयोग गर्न नदिने स्पष्ट पारेको बताउनुभयो । अध्यक्ष नेपालले ...

तत्काल वाम एकता सम्भव छैन : अध्यक्ष नेपाल

काठमाडौँ,१९ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम एकता सम्भव नरहेको बताएका छन् । सुर्खेतमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच तालमेल हुने हल्लामा कुनै सत्यता नरहेको बताए । अध्यक्ष नेपालले एमालेसँग वाम एकता या चुनावी तालमेलको कुनै पनि सम्भावना नरहेको बताएका छन् […]

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल टर्की जाँदै

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल टर्की भ्रमणमा जान लागेका छन् । अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपाल सोमबार राति टर्कीस एयरलाइन्सको विमानबाट टर्कीतर्फ प्रस्थान गर्न लागेका हुन् । अध्यक्ष नेपालले टर्कीको अंकारामा हुने इको–क्लाइमेट कन्फ्रेन्समा सहभागी हुने कार्यक्रम छ । उनी चैत १९ गते स्वदेश फर्किने छन् ।

एमसिसी सार्ने पक्षमा अध्यक्ष नेपाल

काठमाडौं, माघ २९ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमसिसीको न समर्थन गर्न सकेका छन्, न विरोध। उनी यसलाई सार्ने पक्षमा तर्कहरू राखेका छन्। शुक्रबार वीरगन्जमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमसिसीको विरोधमा जनमत देखिएकाले कतिपय कुराहरू मिलाउनु पर्ने बताए। सरकारलाई नेतृत्व गरेको नेपाली कांग्रेससँग सत्ता […]

कुनै पार्टीसँग पनि एकता हुँदैन : अध्यक्ष नेपाल

सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेकै अवस्थामा आफ्नो पार्टीले कुनै पार्टीसँग एकता नगर्ने स्पष्ट पारेका छन् । समाजवादी प्रेस संगठन कर्णाली प्रदेशले सुर्खेतमा आयोजना गरेको पत्रका सम्मेलनमा अहिले अवस्थामा कुनै पार्टीसँग एकता नहुने बताएका हुन् । अहिले कुनै पार्टीसँग एकता नहुने तर, पार्टी निर्माणको अभियानमा लागेकाले देशभर उत्साहजनक उपस्थिति रहेको अध्यक्ष नेपालले बताए […] The post कुनै पार्टीसँग पनि एकता हुँदैन : अध्यक्ष नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.