काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चिओबीच भेटवार्ता भएको छ । आज मङ्गलवार दिउँसाे अध्यक्ष नेपाल र लिउबीच काठमाण्डाैकाे एक होटलमा भेट भएको हो ।
भेटपछि सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष नेपालले नेपाल र चीनबीचको सम्बन्धका बारेमा कुरा गरेको बताउनुभयो । उहाँले चिनियाँ पक्षबाट नेपाली भूमिको प्रयोगका बारेमा कुरा राखेको र आफूले कुनै देशलाई पनि नेपाली भूमि प्रयोग गर्न नदिने स्पष्ट पारेको बताउनुभयो । अध्यक्ष नेपालले ...