सहरको सौन्दर्य बढाउन तथा हावाहुरीबाट बिजुलीको पोलमा हुने क्षति न्यूनीकरण गर्न भन्दै नेपाल विद्युत् प्राधिकरणले बिजुली तार भूमिगत गर्ने काम सुरु गरेको थियो । पहिलो चरणको काम साढे २ वर्षमा सक्ने भन्दै सुरु गरे पनि ४ वर्षसम्म पनि सकिएको छैन । प्राधिकरणले ०७५ चैतदेखि सुरु गरेको विद्युतीय तार भूमिगत कार्य अहिले पनि सुस्त छ ।