नेपालमा पछिल्लो २४ घण्टामा ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ७७८ जनामा गरिएको नमूना परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर ४४४ जना सक्रिय संक्रमित रहेका छन् भने कसैको मृत्यु भएको छैन ।
नेपालमा निको हुने भन्दा नयाँ संक्रमित बढी भेटिएका छन्। पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमित थपिएका छन्। जबकी यो अवधिमा १० जनामात्रै निको भएका छन्।
देशभर ५ हजार २२५ जना कोरोनाभाइरसका सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको अध्यावधिक तथ्यांकअनुसार देशभर ५ हजार २२५ जना सक्रिय संक्रमित रहेका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२० संक्रमित थपिँदा २६३ जना निको हुनुका साथै १ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २५ हजार ९५४ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ९८३ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख ९ हजार १