सरकारले उत्पादित वस्तुको ७५ प्रतिशत निर्यात गर्ने सर्त राखी उक्त मापदण्ड पूरा गर्ने विदेशी लगानीकर्तालाई कृषिमा लगानी खुला गर्ने निर्णय गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यससम्बन्धी कार्यविधि तयार गर्दै गरेको जनाएको छ । कृषि क्षेत्रमा विदेशी लगानी खुला गरिएको पहिलोपटक हो । कृषि क्षेत्र नेपाली किसानका लागि जीविकोपार्जनको परम्परातगत ठूलो तथा सुरक्षित आधार मानिन्छ । नेपाली कृषिको औद्योगिकीकरण, आमउत्पादन, चक्लाबन्दी र सामूहिक खेती हुन सकेको छैन जसले गर्दा अपेक्षितरूपमा कृषिको उत्पादकत्व बढाउन सकिएको छैन । वैदेशिक लगानीले यस्तो अवस्था अन्त्य हुन सक्ने विश्वास गरिएको छ । कृषि क्षेत्रमा विदेशीले लगानी गर्न पाउने भनेपछि यसको मुख्य सरोकारवाला स्वदेशी कृषक, लगानीकर्ता र उत्पादनको बजार सुरक्षामा ध्यान दिनुपर्ने हुन्छ । जीवन निर्वाहको परम्परागत साधनमा भित्रिने वैदेशिक लगानीले कृषिको आधुनिकीकरण र विस्तारमा प्रगति गर्न सक्छ तर नेपाली साना किसान र लगानीकर्ताको रोजीरोटीको सुरक्षालाई ध्यान दिइएन भने उनीहरूले गरिखाने आधार गुमाउनेछन् । सरकारले उत्पादित वस्तुको ७५ प्रतिशत निर्यात गर्नुपर्ने गरी दिएको लगानी अनुमतिले नेपालीको आन्तरिक बजारलाई केही हदसम्म सुरक्षित गर्ने देखिन्छ । साथै,