कृषिमा वैदेशिक लगानी खुुल्ला विषयमा सरकारले व्यापक छलफल नगरि निर्णय गरेको सरोकारवालाहरुलाई आरोप लगाएका छन् ।
एसोसिएसन अफ नेपाली एग्रिकल्चर जर्नालिष्ट (अनाज) र राष्ट्रिय कृषक समूह महासंघले मंगलवार आयोजना गरेको कृषिमा वैदेशिक लगानी विषयक बहस कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले सरकारले घनिभूत छलफल नै नगरिकन कृषिमा वैदेशिक लगानी खुल्ला गर्ने निर्णय गर्नु आपत्तिजनक रहेको धारणा राखेका छन् ।
राष्ट्रिय किसान आयोगका सदस्य एवं प्रवक्ता रवीन्द्र केसीले सरकारले आवश्यक गृहकार्य नगरी यो निर्णय गरेकोप्रति आपत्ति जनाए । उनले भने, वैद...