डा. बाबुराम भट्टराईलाई डा. भीम रावलको जवाफ : नक्कली पीएचडी सीमापारि हुन्छ

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री डा. भीम रावलले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई जवाफ फर्काएका छन् । डा. भट्टराईले रावल नक्कली पीएचडी हुन् भनेर ट्विटरमा प्रश्न गरेपछि उनले जवाफ फर्काएका हुन् । नेता रावलले नक्कली पीएचडी सीमापारि हुने गरेको जवाफ दिएका हुन् । डा. भट्टराईले भारतको जेएनयूबाट पीएचडी गरेका हुन् भने डा. रावलले नेपालकै त्रिभुवन विश्वविद्यालयबाट पीएचडी गरेका हुन् । डा. रावलले ट्विटरमा लेखेका छन्, ‘बाबुरामजी प्रधानमन्त्री हुँदा २०६८ मा चुपचाप एमसीसीसँग पत्राचार गरी टोली गठन गरिएको तथ्य मैले ...

सम्बन्धित सामग्री

अध्यादेश संवैधानिक, कानुनी र राजनीतिक हिसाबले अनुपयुक्तः डा. भीम रावल

काठमाडौं, २७ मंसिर । नेकपा एमाले नेता डा. भीम रावलले रेशम चौधरी छुटाउने अध्यादेशको औचित्य नभएको बताएका छन् । ‘मैले निरपेक्ष रुपमा कुनै अध्यादेशको विरोध गरेको होइन, कामचलाउ सरकारको निहित स्वार्थ राख्ने स्वेच्छाचारी कदमको विरोध गरेको हो । सरकारले यसको औचित्य पुष्टि गर्न सक्दैन । कुनै व्यक्ति छुट्ने, नछुट्ने कुरा तपसिलमा छ । तर अध्यादेश […]

केवल पदका लागि गरिने तालमेल जालझेल होः डा. भीम रावल

काठमाडौं, ८ साउन । नेकपा एमालेका नेता डा. भीम रावल केवल चुनाव जित्न गरिने गठबन्धनले मुलुकलाई राजनीतिक संकटतिर धकेल्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. रावलले भने, “अहिले नेता विशेषलाई जिताउन लागि संविधानको धारा २६९ विपरीत गठबन्धन गरिएको छ । यो त […]

काठमाडौंमा अमेरिकी सेना उतार्न लागिँदै छः डा. भीम रावल

काठमाडौं, २९ जेठ । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले एमसीसीमा हिन्द प्रशान्त रणनीतिक सैन्य गठबन्धन जोडिएको कुरा पुष्टि हुन लागेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा.रावलले भने, “पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीति विपरीत एमसीसी अनुमोदन गरिएपछि मुलुक […]

कमल थापा र होलिवाइनसँग एमालेको खिचडी निर्लज्ज अभ्यास होः डा. भीम रावल

काठमाडौं, ६ वैशाख । नेकपा एमालेका नेता डा. भीम रावलले राप्रपा नेपाल र नेपाल परिवार दलसँगको सम्झौता निर्लज्ज अभ्यास भएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. रावलले भने, “समान नीति, राजनीतिक विचारधारा र कार्यक्रमका आधारमा गठबन्धन हुने हो । तर विपरीत […]

गिरफ्तार हुन सक्छु भनेर रिपोर्टर्स क्लबको साक्षात्कारमा गएको थिएँः डा. भीम रावल

काठमाडौं, १७ चैत । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले विगत २४ वर्षदेखि आफूले ऋषि धमलालाई निर्भीक र स्वतन्त्र सञ्चारकर्मीको रुपमा लिएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. रावलले भने, “मैले थाहा पाएसम्म २४ वर्षसम्म रिपोर्टर्स क्लबको अध्यक्ष रुपमा तपाईंले […]

देउवा र प्रचण्डले एमसीसीलाई पठाएको गोप्य पत्र सार्वजनिक गरः डा. भीम रावल

काठमाडौं, कात्तिक १९ । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई पठाएको गोप्य पत्र सार्वजनिक गर्न माग गरेका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. रावलले भने, “यो सत्ताका निम्ति खतरानाक […]

सात प्रदेशमा सरकार गुमाइसक्दा पनि चेत नखुल्ने कस्तो परिपाटी हो: डा. भीम रावल

काठमाडौं, कात्तिक ६ । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले सात प्रदेशमा सरकार गुमाइसक्दा पनि चेत नखुल्ने कस्तो परिपाटी हो भनी पार्टी नेतृत्वलाई प्रश्न गरेका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपाध्यक्ष डा. रावलेले भने, “२०७५ जेठ २ को अगाडि फर्कने भनेर १० बुँदे सहमति […]