दलित समुदायमा वित्तीय पहुँच

नेपालमा जसले शिक्षा पायो उसले श्रम र श्रमिकहरूलाई घृणा ग¥यो, जसले श्रम ग¥यो उसलाई शिक्षाबाट वञ्चित गरियो, कथित अछूत बनाइयो । विगतको त्रुटिपूर्ण शिक्षा प्रणालीका कारण राज्यको स्रोत साधनमा दलित समुदायको पहुँच अझै पुग्न सकेको छैन । हातभरि सीप भएका दलित समुदायको शिक्षा, स्वास्थ्य, आर्थिकलगायत सबै मानव विकास सूचाङ्कहरूमा अवस्था नराम्रो छ । सन् २०११ को जनगणनाअनुसार नेपालमा दलित समुदायको जनसङ्ख्या १३ दशमलव आठ प्रतिशत छ । राष्ट्रिय साक्षरता दर ६६ प्रतिशत पुग्दा दलितको साक्षरता ५२ प्रतिशत पाँच र मधेशी दलितको ३४ दशमलव पाँच प्रतिशत मात्र छ । सन् २००६ मा गरिएको स्वास्थ्य सर्वेअनुसार राष्ट्रिय मातृ मृत्युदर ४६ हुँदा दलित महिलाको मातृ मृत्युदर ६७ प्रतिशत छ । मधेशका ४५ प्रतिशत दलित महिला कुपोषित छन् । देशको गरिबी २५ दशमलव दुई, हुँदा ४२ प्रतिशत दलित गरिबीको रेखामुनि छन् । दलित समुदायको यो अवस्थामा सुधार नआउँदासम्म देशको विकासको सूचाङ्कमा समेत सुधार हुन नसक्ने अर्थशास्त्रीहरू बताउँछन् । संविधानको धारा ४० (४) मा दलित समुदायलाई आफ्नो परम्परागत पेसा, ज्ञान, सीप र प्रविधिको प्रयोग, संरक्षण र विकास गर्ने हक हुने भनिएको छ । राज्यले दलित समुदायका परम्परागत पेसासँग सम्बन्धित आधुनिक व्यवसायमा प्राथमिकता दिई त्यसका लागि आवश्यक पर्ने सीप र स्रोत उपलब्ध गराउनेछ भन्ने व्यवस्था पनि गरिएको छ । सोही आधारमा सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ लागु गरी दलित समुदायलाई सो कर्जा उपलब्ध गराउने नीति कार्यान्वयनमा ल्याएको छ ।

सम्बन्धित सामग्री

लघुवित्तमार्फत किसानलाई कर्जा दिइने, ५ खर्बको कोष घोषणा

काठमाडौं । सरकारले किसानलाई सहज रूपमा कर्जा उपलब्ध गराउन लघुवित्त तथा वित्तीय संस्थाहरू परिचालन गर्ने भएको छ । आइतवार संघीय संसद्मा आगामी आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त घोषणा गरेका हुन् ।  सरल र सहज रूपमा किसानको घरदैलोमा कृषिकर्जा पुर्‍याउन ५ खर्ब बराबरको कर्जा प्रवाह गर्न लघुवित्त कोष स्थापना गरिने अर्थमन्त्री शर्माले घोषणा  गरे । लघुवित्त संस्थाहरूले समूह बनाएर कृषिलगायत क्षेत्रमा कर्जा दिँदै आएका छन् । हालसम्म लघुवित्तमार्फत बैंकहरूले विपन्न वर्गमा लगानी गर्नुपर्ने कुल कर्जाको ५ प्रतिशत रकमअन्तर्गतको कर्जा परिचालन हुँदै आएको छ ।  लघुवित्त संस्थाहरूले हाल ४ खर्ब हाराहारीमा बैंकको कर्जा परिचालन गर्दै आएकोमा अब थप १ खर्ब स्रोत उपलब्ध हुने नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले बताए । ‘ग्रामीण क्षेत्रमा कर्जा पुर्‍याउन हामीले छुट्टै कोषको माग गर्दै आएका थियौं’ उनले भने, ‘बजेटमा सम्बोधन  भएकाले ग्रामीण क्षेत्रका किसानले सस्तो ब्याजदरमा कर्जा पाउँछन् ।’ कोषमा बैंक तथा वित्तीय संस्थाले अनिवार्य रूपमा विपन्न क्षेत्र तथा कृषि उत्पादन क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जातर्फको रकम लगानी गर्नुपर्ने व्यवस्था बजेटमा उल्लेख छ । कोषमा नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट समेत निश्चित रकम लगानी गर्ने व्यवस्था मिलाइनेछ ।  राष्ट्र बैंकले २०८२ सालसम्म वाणिज्य बैंकहरूले आफ्नो कुल लगानीको १५ प्रतिशत कर्जा लगानी कृषिक्षेत्रमा गर्नैपर्ने व्यवस्था गरेको छ । तर, राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले कृषिमा लगानी गर्न सकेका छैनन् । बैंकहरूले कोषमार्फत लगानी गर्दा लघुवित्तले सस्तो ब्याजदरमा वित्तीय स्रोत प्राप्त गर्ने र यसबाट लघुवित्तका ग्राहक लाभान्वित हुने शर्माले दाबी गरे । बजेटमा अर्थमन्त्रीले वित्तीय क्षेत्रमा उपलब्ध भएको स्रोतलाई उत्पादनशील एवं राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा परिचालन गर्ने घोषणा गर्दै उत्पादनशील क्षेत्र र व्यापारिक क्षेत्रको ऋणको ब्याजदरमा समेत अन्तर कायम गर्ने नीति लिइने उल्लेख गरे । बैंकको कर्जा घरजग्गालगायत अनुत्पादक क्षेत्र र आयातमा प्रयोग भएको भन्दै राष्ट्र बैंकले समेत यसलाई निरुत्साहित गर्ने नीति लिएको छ । उत्पादनशील क्षेत्रमा लगानी बढाउन कृषि, महिला उद्यमी, युवा स्वरोजगारलगायत १० प्रकारका कर्जामा सरकारले दिँदै आएको ब्याज अनुदानलाई अर्थमन्त्री शर्माले यस वर्ष पनि निरन्तरता दिएका छन् । सहुलियत कर्जाका लागि ब्याज अनुदानका लागि १३ अर्ब ५९ करोड रुपैयाँ छुट्याइएको छ ।  वाणिज्य बैंकको प्रत्येक शाखाले कम्तीमा पाँच ओटा कृषि उत्पादन र प्रशोधन उद्योगलाई कर्जा प्रवाह गर्नुपर्ने र उद्यमीहरूलाई परियोजनाका आधारमा उत्पादन कर्जा सहज रूपमा उपलब्ध गराउन लघुवित्त तथा वित्तीय संस्थामार्फत ऋण उपलब्ध गराइने समेत बजेटमा उल्लेख छ । सीमान्तकृत तथा दलित समुदायमा वित्तीय पहुँच अभिवृद्धि गर्न सीमान्तकृत तथा दलित उत्थान कोष स्थापना गर्ने र यसमा बैंकहरूले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमको लागि छुट्ट्याएको रकमको न्यूनतम ५० प्रतिशत जम्मा गर्नुपर्ने व्यवस्था गरिने घोषणा गरिएको छ । यस्तो कोषबाट परिचालन गरिने रकम उत्पादनशील क्षेत्रमा मात्र लगानी गर्ने व्यवस्था गर्ने बजेटमा उल्लेख छ । बैंकहरूले कुल नाफाको १ प्रतिशत रकम सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गर्नुपर्ने व्यवस्था छ ।

वित्तीय समावेशीकरणमा राष्ट्रिय वाणिज्य बैङ्क

सामान्यतया वित्तीय समावेशीकरण भन्नाले वित्तीय सेवाको आवश्यकता रहेका समाजका सबै वर्ग, समुदायमा प्रतिस्पर्धात्मक वातावरणयुक्त बजारमा वित्तीय सेवाको पहुँच हुनु हो । अझ स्पष्टसँग भन्दा वित्तीय सेवा बिनाभेदभाव राज्यका सबै नागरिकलाई सार्वजनिक वस्तुको सस्तो दरमा प्रयोग गर्ने अवसर प्रदान गर्नु वित्तीय समावेशीकरण हो । वित्तीय पहुँच र वित्तीय समावेशीकरण सुन्दा उस्तै लाग्न सक्छ तर वित्तीय समावेशीकरणले वित्तीय पहुँचलाई समेत समेटी अझ विस्तृत क्षेत्र ओगटेको हुन्छ । यसले समुदायमा वित्तीय सेवाको मागलाई सक्रिय बनाइदिन्छ ।

नबिलले शुरू गर्‍यो दिगो बैंकिङ कार्यक्रम

काठमाडौं । नबिल बैंकले ‘नबिल दिगो बैंकिङ’कार्यक्रम सार्वजनिक गरेको छ । सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिलले विपन्न वर्गलाई लक्षित गरी यस्तो कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रम अनुसार बैंकले ‘नबिल किसान कर्जा’ र ‘नबिल उद्यमशील कर्जा’ नामक प्रडक्ट शुरू गरेको छ । बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यावसायिकीकरण र उद्यमशीलताको विकासका लागि  ल्याएको सो कार्यक्रम शुरूमा १७ ओटा दुर्गम स्थानीय शाखाबाट सञ्चालन गरिने बताइएको छ, जसमा शुरूमा प्रदेश ६ र ७ का बासिन्दामा केन्द्रित गरेको छ ।   सन् २०३० सम्ममा संयुक्त राष्ट्र संघले तोकेको लक्ष्य हासिल गर्न सरकारलाई सहायताका लागि पनि नबिलले दिगो बैंकिङ कार्यक्रम ल्याएको बताएको छ । यसभित्र रहेका १७ ओटा एजेण्डामा टेकेर बैंकले यो कार्यक्रम ल्याएको नबिल बैंकका संस्थागत सञ्चार विभाग प्रमुख कृष्ण सुवेदीले बताए । उनका अनुसार पछाडि परेका वर्गलाई उद्यमी बन्न कर्जा लिन प्रेरित गर्ने उद्देश्यले सहुलियत ब्याजदर सहितकोे नबिल दिगो बैंकिङको घोषणा गरिएको हो । शुरूमा मुलुकको दुर्गम भेगमा केन्द्रित हुँदै देशव्यापी गर्ने योजना रहेको उनले जानकारी दिए । नबिल किसान कर्जाका सीमा यो कर्जा व्यक्तिगत रूपमा १५ लाख, संस्थागत रूपमा २५ लाख र सामूहिक रूपमा प्रतिसदस्य ५ लाखसम्म पाइन्छ । सो रकम बराबरको यो कर्जा बैंकको आधार दर (बेस रेट)मा २ प्रतिशत मात्रै थपेर कर्जा दिनेछ । यस्तो कर्जा ग्राहकले कम्तीमा १२ महीनासम्म र बढीमा ५ वर्षसम्मका लागि लिन पाउनेछन् । नबिल उद्यमशील कर्जा सीमा बैंकले युवा र ग्रामीण समुदायमा उद्यमशीलता विकासका लागि यो कार्यक्रम ल्याएको हो । नबिल उद्यमशील कर्जाअन्तर्गत पनि १८ देखि ६० वर्षका व्यक्तिलाई लक्षित गर्दै १ लाखदेखि १ करोडसम्म कर्जा दिने व्यवस्था गरेको छ । बैंकले यो कर्जा आधार दरमा ३ प्रतिशतदेखि ५ प्रतिशत थपेर कर्जा प्रदान गर्नेछ । यी कर्जाहरू १–८ वर्षसम्मका लागि लिन सकिनेछ । उक्त दुवै खालको कर्जाका लागि नेपाल राष्ट्र बैंकले तोकेको सहुलियत ब्याजका बाहेकमा अनिवार्य धितो राख्नुपर्छ । ऋणीले यस्तो कर्जा भुक्तानी १२ महीनासम्ममा गर्न सक्नेछन् । संस्थाको लागि सरकारी निकायमा दर्ता भएको र कालोसूचीमा नपरेको तथा स्थायी रूपमा गाउँमै बसोवास गर्ने हुनुपर्नेछ ।  कर्जा प्रक्रियामा पेश गर्नुपर्ने आवश्यक कागजात  उक्त कर्जा लिन इच्छुकले चाहेको ऋण आवेदन फारम भर्नुपर्छ । यसपछि नागरिकताको प्रमाणपत्र, भर्खरै खिचेको पासपोर्ट साइज फोटो, तालीमको प्रमाणपत्र, लालपुर्जाको फोटोकपी, चार किल्लाको फोटोकपी, कर तिरेको रसिद, कम्प्युटर ब्लुप्रिन्ट नक्सा÷ट्रेस नक्सा, घर निर्माण अनुमति र घर धितो भए निर्माण सकिएको प्रमाणपत्र सम्बन्धित बैंक कार्यालयमा पेश गर्नुपर्छ । यसबाहेक कम्पनीले लिँदा कम्पनी दर्ताको प्रमाणपत्र, स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्र र ३ वर्षका लागि अनुमानित लगानी पेश गर्नुपर्छ ।

लक्ष्मी बैंकको नयाँ शाखा ताप्लेजुङ्गमा

लक्ष्मी बैंकले ताप्लेजुङको फुङ्लिङमा शाखा कार्यालय संचालनमा ल्याएको छ। जिल्लामा बैंकको यो पहिलो शाखा हो। संयुक्त राष्ट्रसंघ पुँजी विकास कोषसँग संयुक्त रुपमा सञ्चालित ‘उन्नति बित्तमा पहँुच परियोजना’ अन्तर्गत यो शाखा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। पूर्वाञ्चलका ९ जिल्लाका ग्रामीण समुदायमा वित्तीय पहुँच पु¥याउने अभियानअन्तर्गत संयूक्त रुपमा यो योजना संचालन गरिएको हो। ४१ जिल्लामा अब लक्ष्मी…