नबिलले शुरू गर्‍यो दिगो बैंकिङ कार्यक्रम

काठमाडौं । नबिल बैंकले ‘नबिल दिगो बैंकिङ’कार्यक्रम सार्वजनिक गरेको छ । सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिलले विपन्न वर्गलाई लक्षित गरी यस्तो कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रम अनुसार बैंकले ‘नबिल किसान कर्जा’ र ‘नबिल उद्यमशील कर्जा’ नामक प्रडक्ट शुरू गरेको छ । बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यावसायिकीकरण र उद्यमशीलताको विकासका लागि  ल्याएको सो कार्यक्रम शुरूमा १७ ओटा दुर्गम स्थानीय शाखाबाट सञ्चालन गरिने बताइएको छ, जसमा शुरूमा प्रदेश ६ र ७ का बासिन्दामा केन्द्रित गरेको छ ।   सन् २०३० सम्ममा संयुक्त राष्ट्र संघले तोकेको लक्ष्य हासिल गर्न सरकारलाई सहायताका लागि पनि नबिलले दिगो बैंकिङ कार्यक्रम ल्याएको बताएको छ । यसभित्र रहेका १७ ओटा एजेण्डामा टेकेर बैंकले यो कार्यक्रम ल्याएको नबिल बैंकका संस्थागत सञ्चार विभाग प्रमुख कृष्ण सुवेदीले बताए । उनका अनुसार पछाडि परेका वर्गलाई उद्यमी बन्न कर्जा लिन प्रेरित गर्ने उद्देश्यले सहुलियत ब्याजदर सहितकोे नबिल दिगो बैंकिङको घोषणा गरिएको हो । शुरूमा मुलुकको दुर्गम भेगमा केन्द्रित हुँदै देशव्यापी गर्ने योजना रहेको उनले जानकारी दिए । नबिल किसान कर्जाका सीमा यो कर्जा व्यक्तिगत रूपमा १५ लाख, संस्थागत रूपमा २५ लाख र सामूहिक रूपमा प्रतिसदस्य ५ लाखसम्म पाइन्छ । सो रकम बराबरको यो कर्जा बैंकको आधार दर (बेस रेट)मा २ प्रतिशत मात्रै थपेर कर्जा दिनेछ । यस्तो कर्जा ग्राहकले कम्तीमा १२ महीनासम्म र बढीमा ५ वर्षसम्मका लागि लिन पाउनेछन् । नबिल उद्यमशील कर्जा सीमा बैंकले युवा र ग्रामीण समुदायमा उद्यमशीलता विकासका लागि यो कार्यक्रम ल्याएको हो । नबिल उद्यमशील कर्जाअन्तर्गत पनि १८ देखि ६० वर्षका व्यक्तिलाई लक्षित गर्दै १ लाखदेखि १ करोडसम्म कर्जा दिने व्यवस्था गरेको छ । बैंकले यो कर्जा आधार दरमा ३ प्रतिशतदेखि ५ प्रतिशत थपेर कर्जा प्रदान गर्नेछ । यी कर्जाहरू १–८ वर्षसम्मका लागि लिन सकिनेछ । उक्त दुवै खालको कर्जाका लागि नेपाल राष्ट्र बैंकले तोकेको सहुलियत ब्याजका बाहेकमा अनिवार्य धितो राख्नुपर्छ । ऋणीले यस्तो कर्जा भुक्तानी १२ महीनासम्ममा गर्न सक्नेछन् । संस्थाको लागि सरकारी निकायमा दर्ता भएको र कालोसूचीमा नपरेको तथा स्थायी रूपमा गाउँमै बसोवास गर्ने हुनुपर्नेछ ।  कर्जा प्रक्रियामा पेश गर्नुपर्ने आवश्यक कागजात  उक्त कर्जा लिन इच्छुकले चाहेको ऋण आवेदन फारम भर्नुपर्छ । यसपछि नागरिकताको प्रमाणपत्र, भर्खरै खिचेको पासपोर्ट साइज फोटो, तालीमको प्रमाणपत्र, लालपुर्जाको फोटोकपी, चार किल्लाको फोटोकपी, कर तिरेको रसिद, कम्प्युटर ब्लुप्रिन्ट नक्सा÷ट्रेस नक्सा, घर निर्माण अनुमति र घर धितो भए निर्माण सकिएको प्रमाणपत्र सम्बन्धित बैंक कार्यालयमा पेश गर्नुपर्छ । यसबाहेक कम्पनीले लिँदा कम्पनी दर्ताको प्रमाणपत्र, स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्र र ३ वर्षका लागि अनुमानित लगानी पेश गर्नुपर्छ ।

सम्बन्धित सामग्री

बाग्लुङमा नबिल बैंकको दिगो बैंकिङ कार्यक्रम सम्पन्न

बाग्लुङ, १३ बैशाख । नबिल दिगो बैंकिङले बागलुङ जिल्लाको बागलुङ नगरपालिकामा वित्तीय साक्षरता तथा उद्यमशीलता विकास सम्बन्धमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नबिल बैंकका संचालक समितिका सदस्य आशा राणा अधिकारीले नेपाल कृषिको देश भनेर चिनिने गरेको र कृषिमा आत्मनिर्भर हुनु पर्ने कुरालाई जोड दिदै नबिल बैंकले कृषि तथा महिला उद्यमशीलतलाई मध्यनजर गर्दै सबैलाई […]

बागलुङमा नबिल बैंकको दिगो बैंकिङ कार्यक्रम सम्पन्न

काठमाडौँ– नबिल दिगो बैंकिङले बागलुङ जिल्लाको बागलुङ नगरपालिकामा वित्तीय साक्षरता तथा उद्यमशीलता विकास सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।  कार्यक्रममा नबिल बैंकका सञ्चालक समितिका सदस्य आशा राणा अधिकारीले नेपाल कृषिको देश भनेर चिनिने गरेको र कृषिमा आत्मनिर्भर हुनु पर्ने कुरालाई जोड दिदैँ नबिल बैंकले कृषि तथा महिला उद्यमशीलतालाई मध्यनजर गर्दै सबैलाई समेट्ने गरी अगाडि बढ्न […]

बागलुङमा नबिल बैंकको दिगो बैंकिङ कार्यक्रम

नबिल दिगो बैंकिङले बागलुङको बागलुङ नगरपालिकामा वित्तीय साक्षरता तथा उद्यमशीलता विकास सम्बन्धमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नबिल बैंकका संचालक समितिका सदस्य आशा राणा अधिकारीले नेपाल कृषिको देश भनेर चिनिने गरेको र कृषिमा आत्मनिर्भर हुनु पर्ने कुरालाई जोड दिदै नबिल बैंकले कृषि तथा महिला उद्यमशीलतालाई मध्यनजर गर्दै सबैलाई समेट्ने गरी अगाडी बढ्न चाहेको बताइन् । नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझाले कार्यक्रममा नबिल बैंकको दिगो बैंकिङ तथा वित्तीय साक्षरताको बारेमा

नबिल बैंकद्वारा सुदूरपश्चिममा दिगो बैंकिङ तथा साक्षरता कार्यक्रम

काठमाडौं । नबिल बैंकले सुदूरपश्चिम प्रदेश अन्तर्गतका विभिन्न स्थानीय तहमा उद्यमशीलता विकाश तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बझाङको बित्थडचिर गाउँपालिका र डडेल्धुराको आलिताल गाउँपालिकामा नबिल दिगो बैंकिङ अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएकोे हो । बित्थडचिर गाउँपालिका र आलिताल गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकाश र वित्तीय पहुँचका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको […]

कालीकोटको पलाँतामा नबिल बैंकको दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । नबिल बैंकले कालीकोटको पलाँता गाउँपालिकामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेकाे छ । नबिल बैंकले पलाँता गाउँपालिकासँग दिगाे बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी समेत गरेकाे छ । नबिल बैंकका प्रमुख व्यापार अधिकृत गणेशप्रसाद अवस्थी र गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । स्थानीय […]

सल्यानमा नबिल बैंकको दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । नबिल बैंकले सल्यानको दार्मामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले दार्मा गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उधमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी समेत गरेको छ । समझदारी पत्रमा नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा र गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले हस्ताक्षर गरेका छन् । समझदारीसँगै […]

नबिल बैंकले गर्‍यो गजुरीमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ – नबिल बैंकले धादिङको गजुरीमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा नबिल बैंकले गजुरी गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारीसमेत गरेको छ। बैंकका सञ्चालक आशा राणा अधिकारीको उपस्थितिमा गजुरी गाउँपालिकामा बिहीबार आयोजित एक कार्यक्रमबीच नबिल बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत गणेशप्रसाद अवस्थी र गाउँपालिकाको तर्फबाट […]

नबिल बैँकको दिगो बैँकिङ तथा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ– नबिल बैंकले सुर्खेतकै बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा नबिल बैंकले बराहताल गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको छ। बराहताल गाउँपालिकामा नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा र गाउँपालिकाका तर्फबाट अध्यक्ष तेजबहादुर बस्नेतले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका […]

नबिल बैंक र गल्छी गाउँपालिकाबीच दिगो बैंकिङका लागि साझेदारी

काठमाडौं । नबिल बैंकले धादिङको गल्छी गाउँपालिकामा वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । साथै बैंकले गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी समेत गरेको छ । नबिल बैंकका बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ र गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठले उक्त साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त साझेदारी […]