लघुवित्तमार्फत किसानलाई कर्जा दिइने, ५ खर्बको कोष घोषणा

काठमाडौं । सरकारले किसानलाई सहज रूपमा कर्जा उपलब्ध गराउन लघुवित्त तथा वित्तीय संस्थाहरू परिचालन गर्ने भएको छ । आइतवार संघीय संसद्मा आगामी आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त घोषणा गरेका हुन् ।  सरल र सहज रूपमा किसानको घरदैलोमा कृषिकर्जा पुर्‍याउन ५ खर्ब बराबरको कर्जा प्रवाह गर्न लघुवित्त कोष स्थापना गरिने अर्थमन्त्री शर्माले घोषणा  गरे । लघुवित्त संस्थाहरूले समूह बनाएर कृषिलगायत क्षेत्रमा कर्जा दिँदै आएका छन् । हालसम्म लघुवित्तमार्फत बैंकहरूले विपन्न वर्गमा लगानी गर्नुपर्ने कुल कर्जाको ५ प्रतिशत रकमअन्तर्गतको कर्जा परिचालन हुँदै आएको छ ।  लघुवित्त संस्थाहरूले हाल ४ खर्ब हाराहारीमा बैंकको कर्जा परिचालन गर्दै आएकोमा अब थप १ खर्ब स्रोत उपलब्ध हुने नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले बताए । ‘ग्रामीण क्षेत्रमा कर्जा पुर्‍याउन हामीले छुट्टै कोषको माग गर्दै आएका थियौं’ उनले भने, ‘बजेटमा सम्बोधन  भएकाले ग्रामीण क्षेत्रका किसानले सस्तो ब्याजदरमा कर्जा पाउँछन् ।’ कोषमा बैंक तथा वित्तीय संस्थाले अनिवार्य रूपमा विपन्न क्षेत्र तथा कृषि उत्पादन क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जातर्फको रकम लगानी गर्नुपर्ने व्यवस्था बजेटमा उल्लेख छ । कोषमा नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट समेत निश्चित रकम लगानी गर्ने व्यवस्था मिलाइनेछ ।  राष्ट्र बैंकले २०८२ सालसम्म वाणिज्य बैंकहरूले आफ्नो कुल लगानीको १५ प्रतिशत कर्जा लगानी कृषिक्षेत्रमा गर्नैपर्ने व्यवस्था गरेको छ । तर, राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले कृषिमा लगानी गर्न सकेका छैनन् । बैंकहरूले कोषमार्फत लगानी गर्दा लघुवित्तले सस्तो ब्याजदरमा वित्तीय स्रोत प्राप्त गर्ने र यसबाट लघुवित्तका ग्राहक लाभान्वित हुने शर्माले दाबी गरे । बजेटमा अर्थमन्त्रीले वित्तीय क्षेत्रमा उपलब्ध भएको स्रोतलाई उत्पादनशील एवं राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा परिचालन गर्ने घोषणा गर्दै उत्पादनशील क्षेत्र र व्यापारिक क्षेत्रको ऋणको ब्याजदरमा समेत अन्तर कायम गर्ने नीति लिइने उल्लेख गरे । बैंकको कर्जा घरजग्गालगायत अनुत्पादक क्षेत्र र आयातमा प्रयोग भएको भन्दै राष्ट्र बैंकले समेत यसलाई निरुत्साहित गर्ने नीति लिएको छ । उत्पादनशील क्षेत्रमा लगानी बढाउन कृषि, महिला उद्यमी, युवा स्वरोजगारलगायत १० प्रकारका कर्जामा सरकारले दिँदै आएको ब्याज अनुदानलाई अर्थमन्त्री शर्माले यस वर्ष पनि निरन्तरता दिएका छन् । सहुलियत कर्जाका लागि ब्याज अनुदानका लागि १३ अर्ब ५९ करोड रुपैयाँ छुट्याइएको छ ।  वाणिज्य बैंकको प्रत्येक शाखाले कम्तीमा पाँच ओटा कृषि उत्पादन र प्रशोधन उद्योगलाई कर्जा प्रवाह गर्नुपर्ने र उद्यमीहरूलाई परियोजनाका आधारमा उत्पादन कर्जा सहज रूपमा उपलब्ध गराउन लघुवित्त तथा वित्तीय संस्थामार्फत ऋण उपलब्ध गराइने समेत बजेटमा उल्लेख छ । सीमान्तकृत तथा दलित समुदायमा वित्तीय पहुँच अभिवृद्धि गर्न सीमान्तकृत तथा दलित उत्थान कोष स्थापना गर्ने र यसमा बैंकहरूले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमको लागि छुट्ट्याएको रकमको न्यूनतम ५० प्रतिशत जम्मा गर्नुपर्ने व्यवस्था गरिने घोषणा गरिएको छ । यस्तो कोषबाट परिचालन गरिने रकम उत्पादनशील क्षेत्रमा मात्र लगानी गर्ने व्यवस्था गर्ने बजेटमा उल्लेख छ । बैंकहरूले कुल नाफाको १ प्रतिशत रकम सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गर्नुपर्ने व्यवस्था छ । 

सम्बन्धित सामग्री

आवधिक कर्जा बढ्दा चालु पूँजी प्रकृतिका कर्जा घट्दै

चालु पूँजी कर्जा पनि आर्थिक वर्षको कुनै एक समयमा न्यूनतम सात दिनका लागि बक्यौता १० प्रतिशतभन्दा कम हुनुपर्ने जस्ता व्यवस्थाले गर्दा चालु पूँजी कर्जा नियन्त्रण हुँदै आवधिक कर्जा भने बढ्दै गएको छ ।

ग्लोबल बैंकको घर कर्जा योजना

ग्लोबल आइएमई बैंकले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा १२ करोड रूपैयाँसम्म कर्जा सीमा भएको घर कर्जा योजना सार्वजनिक गरेको छ।...

कृषि र व्यवसायमा ६४ करोड कर्जा लगानी

जुम्ला– राष्ट्रिय वाणिज्य बैंक शाखा जुम्लाले जिल्लामा हालसम्म विभिन्न प्रयोजनका लागि ६४ करोड ऋण लगानी गरेको छ । चालु आवबाट ऋण लगानी रोकेको बैंकले गत वर्षको असार मसान्तसम्म ६४ करोड कर्जा प्रवाह गरेको हो । बैंकले व्यापारी कर्जा, व्यावसायिक कृषि कर्जा, सरल पेसाकर्मी कर्जा, सुन कर्जा, गाडी कर्जा, विपन्न कर्जा, व्यक्तिगत कर्जा, राष्ट्रसेवक कर्जा, शिक्षक […]

एनआइसी एशिया बैंकका तीन नयाँ कर्जा योजना

एनआइसी एशिया बैंकले अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट सेयर धितो कर्जा गरी तीन कर्जा योजना सार्वजनिक गरेको छ । ग्राहकहरूको आवश्यकतालाई पूरा गर्ने सोचका साथ बैंकले न्यूनतम २५ लाख रुपैयाँदेखि अधिकतम १२ करोड रुपैयाँसम्मको अठोट घर कर्जा योजना ल्याएको छ । २५ वर्षसम्मको कर्जा अवधि रहेको यस अठोट घर कर्जा ग्राहकले […]

एनआईसी एशिया बैंकद्वारा अठोट नामका तीन कर्जा योजना सार्वजनिक

एनआईसी एशिया बैंकले अठोट नामका तीन नयाँ कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट शेयर धितो कर्जा गरी तीन नयाँ कर्जा योजना सार्वजनिक गरेको हो ।

चुलियो लघुवित्तको निष्क्रिय कर्जा

१४.२१ प्रतिशतसम्म पुग्यो लघुवित्तको निष्क्रिय कर्जा, लघुवित्त बैंकर भन्छन्– गाउँमा कर्जा उठाउने वातावरण छैन चालू आर्थिक वर्ष ०७९/८० को तेस्रो त्रैमाससम्म लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अनुपात चुलिएको छ । ५५ लघुवित्त...

कर्जा प्रवाह बढाऊ

यो वर्ष सुरुका दिनमा निजी क्षेत्रले चाहेअनुसार कर्जा पाउन सकेनन् । बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने पर्याप्त पैसा नभएपछि सजिलै कर्जा पाउने वातावरण बन्ने विषय नहुनु स्वाभाविकै थियो । बैंकहरूले ४ सय अर्बको कर्जा माग भएको बताउँदै आएका थिए । तर, अहिले अवस्था ठीक उल्टो भएको छ । पछिल्लो समय बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम […]

अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने

काठमाडौं । नेपाल नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गर्दै किस्तामा कर्जा भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ । बुधबार भर्चुअल माध्मयममार्फत पत्रकार सम्मेलन गर्दै नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गरेको

६८ प्रतिशत कर्जा घरजग्गा धितोमा, कृषि क्षेत्रको कर्जा २० प्रतिशतले बढ्यो

काठमाण्डाै – चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा जाने कर्जा १३ दशमलव ५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको जेठमा कर्जा प्रवाह २४ दशमलव ९ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १३ दशमलव १ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १४ दशमलव ७ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह २९ प्रतिशतले बढेको छ । जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुकोलगानीमा रहिरहेको कर्जामध्ये ६६ दशमलव ८ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२ दशमलव ३ प्रति...

यी व्यवसायीले पाउँछन स्टार्टअप कर्जा

काठमाडौं। अर्थ मन्त्रालयले नयाँ आर्थिक वर्षदेखि स्टार्टअप व्यवसायीलाई कर्जा दिनेगरी तयार गरेको कार्यविधिले १४ प्रकारका स्टार्टअप व्यवसायलाई कर्जा दिनेछ । कृषि तथा पशुपन्छी, वन, पर्यटन, वैकल्पिक ऊर्जा, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा, दैनिक जीवन सहज बनाउने, फोहोर मैला व्यवस्थापन, यातायात, विपद् जोखिम न्यूनीकरण, निर्माण र अटोमोबाइल व्यवसायीले कर्जा पाउनेछन्। यसबाहेक कर्जा अनुमति दिने समितिको सिफारिसमा अन्य व्यवसायीले पनि कर्जा पाउनेछन् ।