पोखरा महानगरको मेयर पदमा एमालेदेखि काँग्रेसमा समेत लफडा

पोखरा महानगरको मेयर पदमा उम्मेदवार छनोटप्रति एमालेदेखि सत्ता गठबन्धन दल काँग्रेसमा समेत लफडा भएको छ । एमालेले दीपक पौडेललाई महानगरको मेयरमा उठाउने निर्णय गरेपछि एमालेभित्रै चर्को असन्तुष्टि पैदा भएको छ । शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले पोखरा महानगरको मेयर र हालका उपमेयर मञ्जु गुरुगलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर उक्त निर्णयप्रति महानगरका नेता कार्यकर्तादेखि केन्द्रीय नेताले समेत असन्तुष्टि जनाएपछि एमाले पौडेलको विकल्प खोज्न आन्तरिक छलफलमा जुटेको छ । पौडेलको

सम्बन्धित सामग्री

पोखराका मेयरलाई चुनौती : कार्यालयकै अघि अवैध संरचना

२२ भदौ, पोखरा । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले अवैध संरचना भत्काउन थालेपछि पोखराका मेयर धनराज आचार्य पनि दबावमा छन् । सार्वजनिक तथा सरकारी जग्गा मिचेर र पोखरा महानगरपालिकासँग अनुमति समेत नलिई बनाइएका अवैध संरचना पोखराकै चुनौती बनेको छ । कतिसम्म भने महानगरको कार्यालय अगाडि अनुमतिबिना अस्थायी व्यापारिक भवन बनाइएको छ । र, त्यो […]

एमालेले बहिष्कार गरेपछि स्थगित भएको पोखरा नगरसभा बैठक खुलाउने प्रयास जारी

काठमाडौं– नेकपा एमालेले पोखरा महानगरको नगरसभा बहिस्कार गरेपछि स्थगित भएको बैठक खुलाउने प्रयास भइरहेको छ। पोखरास्थित राष्ट्रिय सभागृहमा एमालेका प्रतिनिधि र नगरपालिकाका मेयर तथा उपमेयरलगायतबीच छलफल जारी छ। शुक्रबार नगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गर्नुअघि नै रातो किताब आएको भन्दै एमालेले बैठक बहिस्कार गरेको हो। उनीहरुले रातो किताब समेत च्यातेका छन्। ‘नगरप्रमुखले बजेट भाषण […]

अटेरी अभियानका पौडेलद्वारा पोखरा महानगरको मेयरमा उम्मेद्वारी दर्ता

काठमाडौं, ११ वैशाख । पोखरा महानगरपालीकाका मेयर पदका स्वतन्त्र उम्मेद्वार गनेस पौडेलले उम्मेद्वारी दर्ता गराएका छन् । उनले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा उम्मेदवारी दर्ता गराएका हुन् । लेखक समेत रहेका पौडेलले अटेरी समूह बनाएर देशभर स्वतन्त्र उम्मेद्वारी दिने अभियान चलाएका छन् । उनको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज जिसी छन् । उम्मेदवारी […]