लद्दाख सीमा विवादबारे भारत र चीनबीच उच्चस्तरीय वार्ता हुँदै

काठमाण्डाै - लद्दाख सीमा विवादबारे भारत र चीनबीच उच्चस्तरीय वार्ता हुँदैछ । चीन र भारतबीच लद्दाखमा सीमा क्षेत्रको विवाद कायमै रहेको छ । विवाद अन्त्य गरी लद्दाखमा शान्ति स्थापनाका लागि आज दुई देशबीच उच्चस्तरीय वार्ता हुन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुई पक्षबीच हुन लागेको यो १३ औं वार्ता हो । पछिल्लो समय भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ्ग यी बीच द्धिपक्षीय वार्ता भएको थियो । भारतले लद्दाखमा तैनाथ चिनियाँ सैनिक फिर्ता गर्न चीनलाई आग्रह गर्दै आएको छ । आजको वार्तामा पनि चीनलाई सेना फिर्ताका लाग...

सम्बन्धित सामग्री

भारत—चीनबीच लद्दाख समेतका सीमा क्षेत्रमा तनाब कम गर्न सहमति

नयाँदिल्ली, १५ चैत । भारत र चीन बीचको उत्तर पश्चिमी क्षेत्रमा देखिएको सीमा विवाद र त्यहाँ उत्पन्न असमझदारीका विषयलाई लिएर दुबै देशका कुटनीतिक अधिकारीहरुबीच बेइजिङमा वार्ता भएको छ । भारतको विदेश मन्त्रालयव्दारा जारी विज्ञप्तिमा दुई देशका अधिकारीहरुबीच बुधबार बेइजिङमा २९औं बैठक बसेको र सीमा क्षेत्रमा देखिएको तनाव मत्थर बनाउनेतर्फ वार्ता सकारात्मक भएको जनाइएको छ । […]

आज चीन र भारतको सैनिकस्तरीय वार्ता हुँदै

भारत र चीनको सैनिकस्तरीय वार्ता हुने भएको छ। चीन र भारतको पूर्वी लद्दाख क्षेत्रमा सीमा विवाद जारी रहेको बेला सैनिकस्तरीय वार्ता हुने भएको हो। दुवै देशका सैनिक मेजर जनरलस्तरीय वार्ता हुने भएको हो। दुवै सेनाका निश्चित सीमाबाट आ-आफ्ना सैनिक फिर्ता लाने गरी वार्ता हुने भएको छ। भारती सेनाका अनुसार उक्त क्षेत्रमा वार्ता हुन...