काठमाण्डाै – भारत र चीनबीच पूर्वी लद्दाखमा एलएसी अर्थात् वास्तविक नियन्त्रण रेखामा रहेको सीमा विवाद समाधान गर्न हिजाे आइतवार भएको भएको १३ औँ चरणको वरिष्ठ सैन्य कमान्डरको स्तरको वार्ता पनि निष्कर्षविहीन भएको छ ।
चीन एलएसीमा यथास्थिति बहाल गर्न तयार नभएको भारतले बताएको छ । अहिले पूर्वी लद्दाखमा एलएसीमा दुई देशबीच हट स्प्रिङ्स, डेपसाङ्ग बल्ज र चार्डिङ्ग नुल्लाह जन्क्शनलाई लिएर विवाद छ ।
यो वार्तापछि दुई देशका सेनाको तर्फबाट विज्ञप्ति जारी गरिएको छ । भारतले स्थितिको गलत आकलन गर्नुको साटो वार्तालाई लक्ष्यसम्...