दाङ-२ मा हस्ताक्षर नभएका ८८ मतपत्र भेटिए

६ मंसिर, दाङ । दाङ क्षेत्र नम्बर २ को मतगणना गर्ने क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका ८८ वटा मतपत्र भेटिएका छन् । यही विवादका कारण केहीबेर रोकिएको मतगणना अहिले भने जारी छ । हस्ताक्षर नभएका मतपत्रबारे जाँझबुझ गर्ने जिम्मा पाएका मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले निर्वाचन आयोगसँगको समन्वयमा ती मतपत्र बदर गर्ने निर्णय गरेको जानकारी […]

सम्बन्धित सामग्री

दाङ २ मा माओवादीकी रेखा शर्मा विजयी, एमालेका महसचिव पोखरेल पराजित

दाङ २ का प्रतिनिधि सभा सदस्यमा सत्तागठबन्धनबाट उम्मेदवार माओवादीकी रेखा शर्माले विजयी भएकी छिन्।...

दाङ २ 'ख' मा कांग्रेसका प्रचण्ड निर्वाचित

दाङ २ 'ख' मा नेपाली कांग्रेसका प्रचण्ड विक्रम न्यौपाने निर्वाचित भएका छन् ।

दाङ २ मा रेखाको अग्रता कायमै

दाङ २ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी नेतृ रेखा शर्माले अग्रता कायम राखेकी छिन् । ३५ हजार हजार ६ सय ३० मत गणना हुँदा रेखाले १३ हजार...

दाङ २ मा रेखा शर्माकाे फराकिलाे अग्रता कायमै

दाङ – प्रतिनिधि सभा दाङ २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले मतान्तरलाई कायमै राख्नुभएकाे छ । उहाँले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई फराकिलो मतान्तरले पछाडि पार्नुभएको छ । माओवादीकी शर्माले ५ हजार ३९४ र एमालेका पोखरेलले ४३६२ मत प्राप्त गर्नुभएको छ ।

दाङ २ मा एमाले महासचिव पोखरेलविरुद्ध माओवादी नेतृ रेखाको सुरुवाती अग्रता

दाङ २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी माओवादी नेतृ रेखा शर्माले सुरुवाती अग्रता लिएकी छिन् । सो क्षेत्रमा एमाले महासचिव शंकर पोख्रेल चुनावी मैदानमा छन् । दुई हजार सात सय...

दाङ २ : शंकर पोखरेल र रेखा शर्मामध्ये को बलियो ?

२३ असोज, दाङ । आसन्न प्रतिनिधिसभा चुनावका लागि आइतवार एमाले महासचिव शंकर पोखरेल दाङ २ बाट मनोनयन दर्ता गराए । सत्ता गठबन्धनबाट माओवादी नेता रेखा शर्माले पनि उम्मेदवारी दर्ता गराइन् । सुरुमा माओवादीका कृष्णबहादुर महरासँग पोखरेलको भिडन्त हुने चर्चा चले पनि महरा पछि हट्दा शर्माले अवसर पाइन् । महराले ठाउँ छाडेसँगै शर्मा र एमालेका महासचिव […]

महराले भने: चुनाव लड्छु, दाङ-२ बाटै लड्छु

आगामी निर्वाचनमा आफ्नो उम्मेदवारीका बिषयमा मौन रहँदै आएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले आफू दाङ–२ बाटै निर्वाचन लड्ने उद्घोष गरेका छन्। उनले आफू प्रतिनिधिसभा निर्वाचनमा लड्ने र आफ्नै चुनावी क्षेत्रबाट लड्ने समेत बताए।...

कृष्णबहादुर महरा दाङ–२ बाट सिफारिस

काठमाडौं, २६ भदौ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा मंसिरमा हुने निर्वाचनका लागि दाङबाट उम्मेदवार सिफारिस भएका छन् । माओवादी केन्द्रको क्षेत्र नम्बर २ समन्वय समितिको आइतबार बसेको बैठकले महराको नाम दाङ–२ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको हो । पुर्वसभामुख महरा गत ०७४ को चुनावमा सोही क्षेत्रबाट उम्मेदवार भएर जित हासिल […]