शीर्ष वरीयताका नेपाली प्रो गल्फर शुक्रबहादुर राईलाई प्रोफेसनल गल्फ टुर अफ इन्डिया (पीजीटीआई) का प्रतियोगिता खेल्न र तरुण सरदेसाई गल्फ एकेडेमी, बेंग्लोरमा एक महिना प्रशिक्षण गर्नका लागि गल्फ समुदायबाट ८ लाख ५० हजार रुपैयाँ संकलन गरिएको छ । उक्त रकम नेपाल प्रोफसनल गल्फर्स एसोसिएसन (एनपीजीए) का अध्यक्ष रवीन्द्रमान श्रेष्ठ र नेपाल गल्फ संघ (एनजीए) का अध्यक्ष टासी घलेले सोमबार शुक्रलाई हस्तान्तरण गरे ।