रुरु जलविद्युत् परियोजना नाफामा

काठमाडौँ– रुरु जलविद्युत् परियोजना चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा आइपुग्दा नाफामा गएको छ । उक्त परियोजनाले ६ करोड ६८ लाख रुपैयाँको खुद मुनाफा कमाएको छ ।  यो नाफा कम्पनीको अघिल्लो वर्षको यसअवधिमा भन्दा १७.४० प्रतिशत कम हो । गत वर्षको यसअवधिमा कम्पनीले ८ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्ष यसअवधिमा […]

सम्बन्धित सामग्री

माथिल्लो अरुण जलविद्युत् परियोजना ‘नेपालले नै बनाउने’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले एक हजार ६१ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् परियोजना नेपाल सरकारले नै निर्माण गर्ने बताउनुभएको छ ।

सुदूरको मुहार फेर्न महाकाली परियोजना

पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् परियोजना कार्यान्वयनले सुदूरपश्चिमको तराई भूभागमा सिँचाइ र पर्याप्त विद्युत् आपूर्ति भई देशलाई आर्थिक समुन्नतितर्फ बढाउँछ विसं. २०५२ माघ २९ गते नेपाल र भारत सरकारबीच महाकाली नदीबाट जलविद्युत् उत्पादन एवं...

चारवटा जलविद्युत् परियोजना लगानी बोर्ड बैठकबाट स्वीकृत

काठमाडौं । लगानी बोर्ड बैठकले चारवटा जलविद्युत् परियोजनाहरू स्वीकृत गरेको छ । शुक्रबार प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको लगानी बोर्डको ५५औं बैठकले चारवटा जलविद्युत् परियोजनाहरू रोल्वालिङ खोला, छुजुङ्ग खोला, दाना खोला र सानीभेरी जलविद्युत् परियोजनाका लागि कुल ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो ।  बैठकले तमोर जलाशययुक्त […] The post चारवटा जलविद्युत् परियोजना लगानी बोर्ड बैठकबाट स्वीकृत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जलविद्युत् परियोजना : निजी क्षेत्रलाई आकाशको फल

गत जेठदेखि भारतमा बिजुली निर्यात सुरु भयो । नेपालमा खपत हुन नसकेको बिजुली भारत निर्यात हुन थालेपछि देशमै खुसीयाली छाएको थियो । व्यापारघाटाको बढ्दो खाडलबीच पहिलोपटक भारतमा बिजुली निर्यात सुरु भएको थियो,...

विद्युत् प्राधिकरणले प्राथमिकताका आधारमा प्रसारण लाइन निर्माण गर्नुपर्छः पाण्डे

काठमाडौँ – एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपाल विद्युत् प्राधिकरणले प्राथमिकताको आधारमा एउटा करिडोरमा मात्रै जलविद्युत् परियोजना निर्माणमा जोड दिनुपर्ने बताएका छन्। काठमाडौंको भृकुटीमण्डपमा जारी रहेको ‘हिमालयन हाइड्रो एक्स्पो, २०२२’मा पूर्वअर्थमन्त्री पाण्डेले प्राधिकरणले प्राथमिकताको आधारमा एउटा करिडोरमा मात्रै जलविद्युत् परियोजना निर्माणमा जोड दिनुपर्ने बताए। उनले पछिल्लो समय नेपालका कुना–कुनामा गएर विद्युत् परियोजना निर्माण गर्ने […]

सीमा विवाद द्धिपक्षीय संयन्त्रमार्फत समाधान गर्न मोदीसँग देउवाको आग्रह

मोदीले पञ्चेश्वर बहुउद्देशीय जलविद्युत् परियोजना ऊर्जा क्षेत्रका लागि गेमचेन्जर हुने भन्दै भारतीय कम्पनीहरूलाई नेपालको जलविद्युत् विकासमा अझै बढी सहभागिताका लागि देउवा र आफूबीच सहमति भएको जानकारी दिनुभयो ।

पर्वतलाई प्राथमिकता

विश्वका अर्बाैँ मानिसको स्वच्छ पिउने पानीको स्रोत पर्वतीय क्षेत्र हो। यही पर्वतीय क्षेत्रबाट बग्ने नदीले सिँचाइ तथा जलविद्युत् परियोजना सञ्चालनका लागि आवश्यक पानी उपलब्ध गराउँछन्।...

२ ओटा जलविद्युत् परियोजना निर्माणका लागि करीब ७३ अर्ब बराबरको लगानी स्वीकृत

असोज २३, काठमाडौं । लगानी बोर्डले  करीब ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।  बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शनिवार बसेको बैठकले दुई ओटा जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करीब ७३ अर्ब  रुपैयाँ बराबरको लगानी स्वीकृति तथा पूँजीवृद्धि गर्न अनुमति प्रदान गरेको हो । लगानी स्वीकृति हुनेमा करीब १० दशमलव ५ अर्ब रुपैयाँ लगानीको दोलखा जिल्लामा अवस्थित ५६ मेगावाट क्षमताको जुमखोला जलविद्युत् परियोजना रहेको छ । त्यस्तै सोही बैठकले संखुवासभा जिल्लामा अवस्थित हाल निर्माणको चरणमा रहेको ९०० मेगावाट क्षमताको अरुण ३ जलविद्युत् परियोजनामा ६२ दशमलव २६ अर्ब रुपैयाँको पूँजीवृद्धि स्वीकृति प्रदान गरेको छ ।  यसैगरी,बैठकले ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत्  परियोजनाको सन्दर्भमा अध्ययन गरी ४५ दिनभित्र सुझावसहितको प्रतिवेदन बोर्डसमक्ष पेश गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्त्वमा एक उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ । समितिमा अर्थ मन्त्रालय,उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र एक जना विज्ञ सदस्य रहेका छन्  । बैठकले लगानी बोर्डको आव २०७८/ ०७९ को वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गर्ने, सम्राट सिमेन्ट र माथिल्लो त्रिशुली(१ जलविद्युत परियोजनाको शेयर खरीदविक्री सम्झौता स्वीकृत गर्ने लगायतका निर्णयहरु गरेको छ । बैठकमा प्रधानमन्त्री देउवाले विद्युत् खपत वृद्धि गर्ने सम्बन्धि दिर्घकालीन योजना तय गर्दै लगानीको वातावरण बनाउन र छिटोछरितो रुपमा कार्यसम्पादन गर्न सबै निकायलाई निर्देशन दिनुभएको छ ।  बैठकमा अघिल्लो बोर्ड बैठकले निर्देश गरे बमोजिम परियोजना तथा संस्थागत विकासका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले अगाडि बढाएका गतिविधिहरुको बारेमा प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी गराएका थिए । बैठकमा अर्थमन्त्री तथा बोर्डका उपाध्यक्ष जनार्दन शर्मा, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमाल, वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव,राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा विश्वनाथ पौडेल, सरकारका मुख्यसचिवशंकरदास बैरागी, बोर्डका विज्ञ सदस्यहरु हरिभक्त शर्मा, भवानी राणा, राजेशकाजी श्रेष्ठ लगायतका अधिकारीहरुको सहभागिता थियो ।

दुई ओटा आवको संयुक्त साधारण सभा गर्दै रू रू जलविद्युत् परियोजना

भदौ ८, काठमाडौं । रू रू जलविद्युत् परियोजनाले विगत दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा असोज १६ गते बोलाएको छ । कम्पनीको भदौ ७ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय, हात्तिसार, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो ।  सभाले दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरुसँगै प्रस्तावित लाभांशसमेत पारित गर्नेछ । कम्पनीले आर्थिक वर्ष ०७६/ ७७ का लागि १० दशमलव ५३ प्रतिशत नगद लाभांश र आर्थिक वर्ष ०७७/ ७८ को लागि १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाबाट पारित गर्दैछ ।  वैशाख २० गतेदेखि धितोपत्र दोस्रो बजारमा शेयर कारोबार शुरु गरेको उक्त  कम्पनीले चैत २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरी वैशाख ३ गते बाँडफाँट गरेको थियो । कम्पनीले प्रिमियमसहित प्रतिकित्ता रू. १२० मा सर्वसाधारणमा आईपीओ विक्री गरेको हो ।  पहिलो चरणमा आयोजना प्रभावित स्थानियमा भने कम्पनीले न्यूनतम अंकित मूल्य रू. १०० मै आईपीओ जारी गरेको थियो । कम्पनीको आईपीओ पश्चात चुक्तापूँजी रू.४० करोड ७७ लाख ५ हजार ५०० पुगेको छ ।  कम्पनीले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा ५ मेगावाट क्षमताको रू रू जलविद्युत् परियोजना निर्माण गरि २०७१ साल चैत ९ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको छ । उक्त आयोजनाबाट प्रतिदिन ४ दशमलव ३६ मेगावाट विद्युत् उत्पादन भइरहेको कम्पनीले बताएको छ । सभाले सर्वसाधारण तर्फबाट एक जना र संस्थापक तर्फबाट पाँच जना सञ्चालकहरुको निर्वाचन समेत गर्ने कार्यक्रम रहेको छ । साथै एक जना स्वतन्त्र सञ्चालनकको नियुक्तिलाई समेत सभाले अनुमोदन गर्नेछ ।  साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा भदौ ५ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।

तल्लो अरुण जलविद्युत् परियोजना विकासका लागि भारतीय कम्पनी छनोट

तल्लो अरुण जलविद्युत् परियोजना सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत ढाँचामा विकास गर्न भारतको