नयाँ नागरिकता ऐनसँगै जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउने व्यवस्था भयो । अनि, सत्ता गठबन्धन सरकारले चौधरीलाई आममाफी पनि दियो । अर्थात्, मुखर मुद्दा पूरा भए । सामान्यतः राजनीतिमा नेताले उठाएका एजेन्डा पूरा भए स्थापित र चर्चा हुन्छ । तर, महतोको दुर्भाग्य, उनी यतिबेला राजनीतिमा ओझेलको पात्र बनेका छन् ।