मुगुस्थित गमगढी–बालै सडक झन्डै दुई महिनापछि सञ्चालनमा आएको छ । असोज तेस्रो साताको पहिरोले अवरुद्ध बनेको सडकमा पहिरो र ढुंगा पन्छाएपछि सडक सञ्चालनमा ल्याइएको हो । सडक अवरुद्ध हुँदा छायानाथ रारा नगरपालिकाका स्थानीयलाई दैनिक उपभोग्य वस्तु ढुवानी गर्न र विद्यालय आउजाउमा विद्यार्थीलाई कठिनाइ भएको थियो। छायानाथ रारा नगरपालिका–१ की रतिवान नेपालीले सडक सञ्चालनपछि स्थानीयवासीलाई सुविधा पुगेको बताए ।सडक सञ्चालनसँगै गाउँमा उत्पादित कृषि उपज सदरमुकाम र जिल्लाबाहिर निकासी हुन थालेको छ।