संयुक्त राष्ट्रसङ्घ, ३ माघ । उत्तरपूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोको एक चर्चमा भएको घातक आक्रमणको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले कडा शब्दमा निन्दा गरेका छन् । उत्तरी किवु प्रान्तको कासिन्दीस्थित एक स्थानीय चर्चमा आइतबारको प्रार्थनाका क्रममा विष्फोट हुँदा कम्तीमा १२ जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य ५० जना घाइते भएको जानकारी प्रारम्भिक रिपोर्टलाई उद्धृत गर्दै राष्ट्रसङ्घका […]