काठमाण्डाै - स्मार्ट शौचालय निर्माण तथा शौचालय आधुनिकीकरणको काम गर्दै आएको एरोसान संयुक्त राष्ट्रसङ्घ विज्ञान, प्रविधि र नविनता पुरस्कारबाट सम्मानित भएको छ ।
स्मार्ट नमुना सार्वजनिक शौचालयका लागि संस्था पुरस्कृत भएको एरोसान सस्टेनेबल स्यानिटेसनका प्रमुख कार्यकारी प्रकाश अमात्यले जानकारी दिनुभयो ।
एरोसानले संयुक्त राष्ट्रसङ्घले हिजो गरेको भर्चुअल सम्मेलनमा आफ्नो नमुना शौचालयको प्रस्तुति समेत दिएको छ । एरोसानले काठमाण्डौ महानगरपालिका र ललितपुर महानगरपालिकामा नयाँ स्मार्ट शौचालय र भएका पुराना सार्वजनिक श...