मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन प्रक्रिया सुरू भइसकेको छ। चुनाव नजिकिएसँगै रणनीति बनाउन राजनीतिक दल सक्रिय छन्। दलहरूले समानुपातिकतर्फकाे बन्दसुची समेत निर्वाचन आयोगमा बुझाइसकेका छन्। दलहरू आफ्नो पक्षमा चुनावी माहोल बनाउन केन्द्रित छन्। सत्ता गठबन्धनकाविरूद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमाले चुनाव लड्ने तयारीमा छ। गठबन्धन सिट बाँडफाँटमा बालुवाटारमै अल्झिँदा एमाले गाउँगाउँमा पुगिसकेको छ। एमालेले भावी प्रधानमन्त्रीको रूपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको छ। तर, एम