गैरआवासीय नेपाली संघको आगामी चैत १० र ११ गते हुन लागेको निर्वाचनका गतिविधि तत्काल स्थगन गर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको एकल इजलासले चैत ९ गते छलफलका लागि दुवै पक्षलाई बोलाउँदै उक्त मितिसम्म निर्वाचनका गतिविधि नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।गैरआवासीय नेपाली संघको संस्थापन पक्षले आगामी चैत १० र ११ गते संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचनको मिति घोषणा गरेको थियो । तर उक्त निर्णयका विरुद्ध गैर आवासीय ने