‘तेलको गन्ध आएको ठाउँ हेर्दै जाँदा दुर्घटनाग्रस्त जहाज भेटियो’

काठमाण्डाै - मेरो नाम विशाल घर्ती हो । घर बाग्लुङ पर्छ । म वैशाखको ५, ६ गतेदेखि नै यार्सागुम्बा सङ्कलनको लागि मुस्ताङमा छु । हिजो बिहान म साथीहरुसँगै यार्सागुम्बा सङ्कलन गर्दै थिएँ । उताबाट जहाज उडेको आवाजसँगै एक्कासी ड्वाङ्ग गरेको अर्को आवाज आयो । डम्म बादल लागेकोले केही पनि देखिएन । साथीहरु कोही बास बस्ने गोठमा थिए । हामी चार जना चाहिँ पाखामा यार्सागुम्बा सङ्कलन गर्दै थियाैँ । आवाज आउनेबित्तिकै जहाज दुर्घटना भयो भन्ने लाग्यो । केहीबेरपछि जहाज हराएको हल्ला पनि फैलियो । त्यसपछि हामी त्यहाँ भएका सबै मिलेर ...

सम्बन्धित सामग्री

पोखरा आइपुग्यो दुर्घटनाग्रस्त जहाज निर्माता फ्रान्सको विज्ञ टोली

पर्वत : गत आइतबार पोखरामा यति एयरलाइन्सको एटिआर विमान दुर्घटनामा परेपछि त्यसको अनुसन्धानको लागि फ्रान्सेली विज्ञहरूको टोली घटनास्थलमा आइपुगेको छ।संसारमा नै सुरक्षित मानिने तथा नेपालको भौगोलिक र मौसमी परिवेशका लागि झनै राम्रो हुने दाबी गरिएको एटिआर जहाज नै दुर्घटनामा परेपछि यसको निर्माण गरेको फ्रान्सेली कम्पनीका विज्ञहरू पोखरास्थित जहाज खसेकै ठाउँमा पुगेको हो। मङ्गलबार काठमाडौँ आइपुगेको टोली बुधबार पोखरा आएर काम सुरु गरेको हो।टोलीले बुधबार नै  दुर्घटनास्थलको पहिलो अवलोकन गरिसकेको छ। विमान दु

‘शव संकलन गर्दै छौँ, ठाउँ अप्ठ्यारो छ’

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको दुर्घटनाग्रस्त जहाज भएको स्थानमा पुगेका स्थानीयले अहिले शव  संकलन गरिरहेका छन् । जहाजमा आगो नलागेको उनीहरुले बताएका छन् । स्थानीय इन्द्रसिंह शेरचनले केही शव भिर र खोंचमा फसेको र केहीलाई संकलन गरिसकेको बताए ।‘शवहरु गन्दै छौँ। अप्ठेरो छ, ठाउँ,’ उनले भने, ‘सुरुमा भर्खर आएको हुनाले केही शव  अंगभंग देखेर नचिनिने अवस्थाजस्तो लागेको थियो । तर, सबै शवहरु चिनिने अवस्थामा रहेछन् । आगो लागेको छैन ।’ त्यहाँ सेना पनि भर्खरै जाँदै छ ।

‘शव संकलन गर्दै छौँ, ठाउँ अप्ठ्यारो छ’

पोखरा । पाेखराबाट जाेमसाेमका लागि उडेकाे तारा एयरको दुर्घटनाग्रस्त जहाज भएको स्थानमा पुगेका स्थानीयले अहिले शव संकलन गरिरहेका छन् । जहाजमा आगो नलागेको उनीहरुले बताएका छन् । स्थानीय इन्द्रसिंह शेरचनले केही शव भिर र खोंचमा फसेको र केहीलाई संकलन गरिसकेको बताए । ‘शवहरु गन्दै छौँ । अप्ठेरो छ, ठाउँ,’ उनले भने, ‘सुरुमा भर्खर आएको हुनाले […] The post ‘शव संकलन गर्दै छौँ, ठाउँ अप्ठ्यारो छ’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

जहाज दुर्घटनास्थलबाट शेरचनले भने- कोही जीवित भेटेनौं

तारा एयरको दुर्घटनाग्रस्त जहाज भएको स्थानमा पुगेका सामाजिक अभियन्ता एवं होटल व्यवसायी इन्दुसिंह शेरचनले ‘कोही पनि जीवित अवस्थामा नभेटिएको’ बताएका छन् । अनलाइनखबरसँग टेलिफोन सम्पर्कमा आएका उनले नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले अहिले शव संकलन गरिरहेको बताए ।

यार्सा टिप्न जानेले देखेका थिए दुर्घटनाग्रस्त जहाज

काठमाडौं । आइतबार बिहानदेखि बेपत्ता तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थुसाङ २मा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले दुर्घटनामा परेको जहाजको तस्बिर सार्वजनिक गरेको छ । जहाज चार हजार मिटर माथि डाँडामा ठोक्किएको अनुमान गरिएको छ । थुसाङ २ का वडाध्यक्ष...

यस्तो अवस्थामा भेटियो ताराको दुर्घटनाग्रस्त जहाज

म्याग्दी, १६ जेठ । पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा आज बिहान जहाज भेटिएको हो । थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले लेतेका सुमित गौचन र यार्सागुम्बा खोज्न गएकाले दुर्घटनाग्रस्त अवस्थामा भेटिएको […]

तारा एयरको जहाज यस्तो अवस्थामा फेला पर्यो

काठमाडौं, १६ जेठ । हिजो (आइतबार) देखि हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाले उक्त दुर्घटनाग्रस्त जहाजको तस्विर सार्वजनिक गरेको छ । नेपाली सेनाले तारा एयरको दुर्घटनाग्रस्त जहाज फेला परेको र दुर्घटनास्थलतर्फ सेनाहरू गएको जनाएको छ । जहाज मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। […]

जलिरहेकाे अवस्थामा भेटियो तारा एयरकाे दुर्घटनाग्रस्त जहाज

पोखरा : आज बिहान १० बजेदेखि सम्पर्कविहीन रहेको तारा एयरको ट्वीनटर नाइन एनएइटी जहाज भेटिएको छ। नेपाली सेनाको टोलीले हराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिएकाे छ। सेनाका मध्य कमाण्ड पोखराका कमाण्ड सेनापति बाबुराम श्रेष्ठले मुस्ताङको खासाङ– २ लांकेकोला भन्ने ठाउँमा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिएका हुन्। विमानमा अहिले पनि आगो लागिरहेको छ। बिहान ९:५५ बजे जोमसोमका लागि १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको उक्त जहाज अन्तिम पटक जोमसोम टावरसँग १०:७ बजे घोडेपानी भन्ने स्थान...

धौलागिरिमा भेटियो १५ वर्षअघि दुर्घटनाग्रस्त हेलिकप्टर

धौलागिरि हिमालमा १५ वर्षअघि दुर्घटनाग्रस्त जहाज फेला परेको नेपाली सेनाले जनाएको छ ।