पर्वत : गत आइतबार पोखरामा यति एयरलाइन्सको एटिआर विमान दुर्घटनामा परेपछि त्यसको अनुसन्धानको लागि फ्रान्सेली विज्ञहरूको टोली घटनास्थलमा आइपुगेको छ।संसारमा नै सुरक्षित मानिने तथा नेपालको भौगोलिक र मौसमी परिवेशका लागि झनै राम्रो हुने दाबी गरिएको एटिआर जहाज नै दुर्घटनामा परेपछि यसको निर्माण गरेको फ्रान्सेली कम्पनीका विज्ञहरू पोखरास्थित जहाज खसेकै ठाउँमा पुगेको हो। मङ्गलबार काठमाडौँ आइपुगेको टोली बुधबार पोखरा आएर काम सुरु गरेको हो।टोलीले बुधबार नै दुर्घटनास्थलको पहिलो अवलोकन गरिसकेको छ। विमान दु