लुम्बिनी प्रदेश सरकारले संविधान दिवस विशेष रूपमा मनाउनका लागि एक सय सदस्यीय संविधान दिवस मूल समारोह समिति गठन गरेको छ । आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले मूल समारोह समिति गठन गरेको हो ।समितिमा मुख्यमन्त्री केसीका अतिरिक्त प्रदेश सरकारका मन्त्री, सभामुख, उपसभामुख, मुख्य न्यायाधीश, स्थानीय तह, विभिन्न प्रदेशस्तरका सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू छन् । संविधान दिवसको अवसरमा असोज २, ३, ४ गते विभिन्न कार्यक्रम आयोजना गरिने प्रदेश सरकारले जनाएक