नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहको खबर सतहमा आउन थालेको छ । सञ्चार माध्यमहरूले यसबारे गहिरो खोजबिन गरेर निरन्तर समाचार पस्किरहेका छन् । आज मुलुककै जेठो अखबार गोरखापत्रको संस्थापना दिवस तथा आठौँ राष्ट्रिय पत्रकारिता दिवस पनि हो । यस सन्दर्भमा भन्न सकिन्छ, अपवादबाहेक नेपाली मिडिया सुशासनको ...