अमेरिकाको कनेक्टिकटकी समान्था राम्सडेलको मुख विश्वकै ठूलो भएको गिनिज बुक अफ वर्ल्ड रेकर्डले जनाएको छ । उनको मुख ६.५६ सेन्टिमिटरसम्म खुल्ने र तेस्रो नाप्दा १० सेन्टिमिटरसम्म पुग्ने उल्लेख छ ।राम्सडेलले आफूलाई आफ्नो मुख जहिले पनि ठूलो लाग्ने भए पनि टिकटकमा भिडियो पोष्ट गरेपछि मात्र यो कीर्तिमानी भएको थाहा पाइन् । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले उनलाई कीर्तिमानका लागि प्रयास गर्न भनेपछि उनले गिनिज बुकमा नाम लेखाउन पुगेकी थिइन् । ३१ वर्षीया राम्सडेलको टिकटकमा १७ लाख फलोअ