विश्वभर नै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि नेपालमा पनि यसको चरम मार परेको छ । नेपाल आयल निगम दैनिक ठूलो घाटामा गैरहेका बेला पेट्रोलियम पदार्थको खपत घटाउन भन्दै दुई दिन विदा सुरु भएको छ । जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिन थालिए पनि यसको कार्यान्वयनमा भने समस्या देखिएको छ । …