पेट्रोलियम पदार्थको खपत घटाउन विद्युतीय सवारीको खपत बढाउनुपर्छ : कल्याणी खड्का

एकीकृत समाजवादीकी नेतृ कल्याणी कुमारी खड्काले पेट्रोलियम पदार्थको खपत घटाउनुपर्नेमा जोड दिएकी छिन् । उनले आजको प्रतिनिधिसभा बैठकमा बोल्दै पेट्रोलियम पदार्थको खपत घटाउनुको विकल्प नरहेको बताएकी हुन् ।त्यसका लागि विद्युतीय सवारीको प्रयोग बढाउनुपर्नेमा उनले जोड दिइन् । विद्युतको खपत बढाउनका लागि विद्युतीय सवारीको भन्सार महसुल घटाउनुपर्ने समेत उनले बताइन् । यसैगरी, विद्युतीय पारवहन प्रणाली र अन्य विद्युतीय सवारीको प्रयोगलाई समेत बढाएर पेट्रोलियम खपत घटाउनुपर्ने खड्काले बताइन् ।