काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको खपत घटाउन आह्वान गर्नुभएको छ । ललितपुरमा आयोजित एक कार्यक्रममा मन्त्री भुसालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयात धान्न मुश्किल हुँदै गएको भन्दै पेट्रोलियम पदार्थको खपत सकेसम्म घटाउन आह्वान गर्नुभएको हो ।
उहाँले अत्यावश्यक बाहेक सवारी साधन प्रयोग नगर्न तथा विद्युतीय सवारी तथा उपकरणहरुको प्रयोग बढाउन आग्रह गर्नुभयो । उहाँले विद्युत् सस्तो भएको र खाना पकाउने ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेको भन्दै आफ्नै देशमा ...