काठमाण्डाै - नेकपा एमाले डडेलधुराले नेपाली कांग्रेस वीपीसँग गरेको चुनावी तालमेल भङ्ग भएको घोषणा गरेको छ । आफूहरुसँग भएको सहमति विपरीत कांग्रेस वीपीले प्रदेश सभा 'ख' मा स्वतन्त्र उम्मेदवारसँग तालमेल गरेको भन्दै एमालेले आपत्ति जनाउँदै तालमेल भङ्ग भएको घोषणा गरेको हो ।
डडेलधुरामा एमालेले प्रतिनिधि सभामा कांग्रेस वीपीका कर्ण मल्ललाई सघाउने तथा प्रदेश सभाको 'क' र 'ख' दुवैमा कांग्रेस वीपीले एमालेलाई सघाउने सहमति भएको थियो । त्यसअनुसार एमालेले चत्रप्रसाद स्नेहीको उम्मेदवारी फिर्ता गराएक...