बेनीमा कांग्रेस र माओवादीबीच उम्मेदवारी फिर्ता गरेर चुनावी तालमेल

म्याग्दी : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच अन्तिम समयमा आज (शुक्रबार) चुनावी तालमेल भएको छ।मनोनयन दर्तासम्म नगरको मेयर र उपमेयरमा एक्लाएक्लै उम्मेदवारी दिएका दलहरुमा उम्मेदवारी फिर्ताको समयमा मात्र चुनावी तालमेल गर्ने सहमति भएको हो। पाँचदलीय गठबन्धनमा सहमति नभए पनि अन्तिम चरणमा कांग्रेस र माओवादीबीच मेयर र उपमेयरमा चुनावी तालमेलको सहमति भएको हो।सहमतिअनुसार कांग्रेसका उम्मेदवार चिरञ्जीवी&nbs

सम्बन्धित सामग्री

डडेलधुरामा कांग्रेस वीपीसँग एमालेले गरेको चुनावी तालमेल भङ्ग

काठमाण्डाै - नेकपा एमाले डडेलधुराले नेपाली कांग्रेस वीपीसँग गरेको चुनावी तालमेल भङ्ग भएको घोषणा गरेको छ । आफूहरुसँग भएको सहमति विपरीत कांग्रेस वीपीले प्रदेश सभा 'ख' मा स्वतन्त्र उम्मेदवारसँग तालमेल गरेको भन्दै एमालेले आपत्ति जनाउँदै तालमेल भङ्ग भएको घोषणा गरेको हो । डडेलधुरामा एमालेले प्रतिनिधि सभामा कांग्रेस वीपीका कर्ण मल्ललाई सघाउने तथा प्रदेश सभाको 'क' र 'ख' दुवैमा कांग्रेस वीपीले एमालेलाई सघाउने सहमति भएको थियो । त्यसअनुसार एमालेले चत्रप्रसाद स्नेहीको उम्मेदवारी फिर्ता गराएक...

डडेलधुरामा एमालेले कांग्रेस बीपीलाई सघाउने

काठमाडौं, २६ असोज । डडेलधुरामा नेकपा एमाले र कांग्रेस बीपीबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । एमालेले आगामी मंसिरमा हुने निर्वाचनमा अन्तिम समयमा आएर कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्ललाई सहयोग गर्ने सहमति भएको हो । सहमति पछि एमालेबाट प्रतिनिधि सभातर्फ उम्मेदवारी दर्ता गरेका स्नेहीले उम्मेदवारी फिर्ता लिएका हुन् । प्रदेशसभामा कांग्रेस बीपीले एमालेलाई सघाउने […]

सुर्खेतमा कांग्रेस र माओवादी बीच गठबन्धन, रुकुमपश्चिममा एक्लाएक्लै भिड्दै

सुर्खेत– स्थानीय तहको निर्वाचनका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतका पालिकाहरुमा कांग्रेस र माओवादीबीच चुनावी तालमेल भएको छ । उम्मेदवारी फिर्ता लिने अन्तिम समयमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको हो ।  पाँचदलीय गठबन्धनबीच केन्द्रमा भएको सहमतिअनुसार प्रदेश स्तरीय संयन्त्रले कर्णालीका १० मध्...

पाँच दलीय गठबन्धनबाहेकका दलसँग भएको चुनावी तालमेल गरे कारवाही

पाँच दलीय गठबन्धनले बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । शुक्रबार बसेको गठबन्धनको बैठकले पाँच दलीय गठबन्धनबीच यसअघि केन्द्रबाट भएको सहमतिअनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भएको सहमतिविपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारीहरू तत्काल फिर्ता लिने निर्णय भएको हो । पाँच दलीय गठबन्धनबीच भएको सहमतिविपरीत विभिन्न दलका प्रतिनिधिहरूले स्वतन्त्र रूपमा दर्ता गरेका उम्मेदवारीहरू तत्काल फिर्ता गर्न पहल गर्ने निर्णयसमेत गठबन्धनको बैठकले गरेको छ । पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलहरूसँग भएको तालमेल तत्काल खारेज गर्ने निर्णय गबन्धन बैठकले गरेको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको पाँच दलीय गठबन्धनको बैठकले उम्मेदवारी फिर्ता गर्न सम्बन्धित पार्टीले पहल गर्ने निर्णय भएको हो । स्थानीय तह निर्वाचनमा गठबन्धनभित्रकै दलबाट असन्तुष्ट नेताहरूले बागी उम्मेदवारी दिएका छन् । त्यस्तो बागी उम्मेदवारी फिर्ता लिन सम्बन्धित पार्टीले उम्मेदवारहरूलाई निर्देशन जारी समेत भइसकेको छ । तर, कतिपय ठाउँका बागी उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन मानेका छैनन् । निर्वाचन कार्यतालिका अनुसार मनोनयन फिर्ता लिने समय रहेको छ ।

भरतपुरका बागी उम्मेदवारका प्रस्तावकको घरमै पुगे गृहमन्त्री खाण

काठमाडौं । भरतपुर महानगरपालिकामा पार्टीका तर्फबाट बागी उम्मेदवारी दिएका नेता मिलाउन चितवन पुगेका कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाणले पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटासँग भेट गरेका छन् । भरतपुरको मेयर पदमा उम्मेदवारी दिएका पूर्वसांसद जगन्नाथ पौडेलको प्रस्तावक रहेका सापकोटालाई भेटेर खाणले उम्मेदवारी फिर्ता लिइदिन आग्रह गरेका हुन् । गठबन्धन र चुनावी तालमेल राष्ट्रिय आवश्यकता बनेको भन्दै […]