आर्थिक वर्ष ०७७/०७८ मा भएको विभिन्न सवारी दुर्घटनामा परी ५२३ जनाले ज्यान गुमाएका छन् । प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी, सिरहा, महोत्तरी र धनुषा जिल्लाको बिभिन्न स्थानमा ३९८३ सवारी दुर्घटना हुँदा ५२३ जनाले ज्यान गुमाएका प्रदेश २ का ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रमुख तथा प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले बताउनुभयो ।
प्रदेश २ मा एक वर्षको अन्तरालमा भएको सो दुर्घटनाबाट ३९४ पुरुष, ६८ महिला, ३६ बालक र २५ बालिका रहेको उहाँले बताउनुभयो । सो घटनामा परी छ हजार ४ जना घाईते भएका छन् । उनीहरुमा ४ हजार २६८ पुरुष, ८७३