नेपाल टेलिकमको मोबाइल फोन नेटवर्कमा देखिएको समस्या समाधान भएको छ । टेलिकमका प्रवक्ता राजेश जोशीले बुधबार बिहान साढे ६ बजेतिरदेखि टेलिकमको मोबाइल नेटवर्कमा समस्या देखिएकोमा प्राविधिकहरूले सेवा पूर्ववत् अवस्थामा फर्काएको रातोपाटीलाई जानकारी दिए । उनका अनुसार भीओएलटीईमा समस्या देखिएको हो । ‘बिहान करिब साढे ६ बजेतिरदेखि अवरुद्ध भएको सेवा सुचारु भइसकेको छ’, उनले रातोपाटीसँग भने, ‘मोबाइलमा भीओएलटीई सेवा भएकाहरुमा समस्या दिएन, त्यो बाहेकका जीएसएमकाे भ्वाइ