राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले बेलायती सरकारसँग वार्ता गरेर भूतपूर्व गोर्खाहरुको समस्या समाधान गर्न कुटनीतिक पहल गर्न नेपाल सरकारसँग माग गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सरकारको तहबाट समस्या समाधान गर्न राप्रपा अध्यक्ष राणाले आइतबार अनुरोध गरेका हुन् ।
‘अनसनरत भूतपूर्व गोर्खाहरुको समस्या समाधान गर्न कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएँ । समस्या समाधानका लागि सरकारले बेलायती सरकारसँग गम्भीर छलफल गर्ने प्रधानमन्त्रीले प्रतिवद्धता जनाउनु भएको छ,’ प्रधानमन्...